भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ ४

तनहुँ  ब्यास नगरपालिका–८ रिस्ती बेलथुम्कीमा बिहीबार भालुको आक्रमणबाट एक स्थानीय व्यक्ति घाइते भएका छन् ।

३५ वर्षिय गोरे कामी भालुको आक्रमणबाट सख्त घाइते भएका हुन् । आफ्नै पाखो बारीमा बाँदरले मकै खाएको भनी लखेट्न जादाँ बाँदर नभई भालु ले आक्रमण गर्दा घाइते भएका हुन् ।

भालुले आक्रमणबाट घाइते भएका कामीको दमौली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

निजको निधारको भाग काटेको र बायाँ खुट्टाको साप्रामा दाँत गाडीए जस्तो गहिरो चोट रहेको रिफर गरिएको उक्त घटना बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताइएको छ ।