भिमाद एफएम १००.९ मेगाहर्जको दोश्रो अधिवेशन एबम् साधारण सभा आज ( शनिबार ) सम्पन्न भएको छ ।

भिमाद एफएमको सञ्चालक समितिको अध्यक्षमा मिलन आले सर्वसम्मत निर्वाचित भएका छन् । भने उपाध्यक्षमा ध्रुवराज सुवेदी , सचिवमा सुनिल श्रेष्ठ , सहसचिवमा शालिकराम सुनार , कोषाध्यक्षमा सुजन राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा क्रमश गोपाल पराजुली, राजेश खनाल , अरविन श्रेष्ठ , गणेश प्रसाद गैरे , सरोज गौतम , बेल माया आले , शारदा गैरे , शुकु माया राना सर्वसम्मत निर्वाचित भएका छन् ।

नयाँ निर्वाचित पदाधिकारीहरु गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।