भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ ९

छात्रालाई दुव्र्यवहार गरेको आरोपमा भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार शाहलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका प्रअ शाहलाई प्रहरीले प्राराम्भिक सोधपुछ गरी अनुसन्धान गरेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

पीडित छात्राको तर्फबाट लिखित जाहेरी नआएकोले जाहेरी आएपछि थप अनुसन्धान गरी प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।  प्रअ शाह उक्त विद्यालयमा विगत लामो समयदेखि प्रधानाध्यापक भई कार्यभार सम्हाल्दै आएका थिए ।

@JC