भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ १३

मस्र्याङ्दी नदीले बगाउँदा भानु नगरपालिका–८ बलिफाँट निवासी ३५ बर्षीय सुके भनिने राज बहादुर नेपाली बेपत्ता भएका छन् ।

नदीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो बेपत्ता भएका नेपालीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । सोही वडाको सत्तल घाट जाने बाटो  निमार्णको लागि श्रमदान गर्न जान्छु भनि घरबाट निस्किएको नेपाली मस्र्याङ्दी नदी किनारामा पौडी खेल्ने क्रममा बगाएको तनहुँ प्रहरीले जनाएको छ ।

नदीले मानिस बगाई बेपत्ता भएको सूचना प्राप्त हुनासाथ प्रहरी,शसस्त्र प्रहरी र स्थानीय मानिसहरु खोजतलास कार्यका लागि घट्नास्थलमा पुगेका थिए ।

प्रहरी चौकी पुर्कोट, ईलाका प्रहरी कार्यालय भानु,मनकामना गण भानुबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानिय मानिस लगायतका टोलीले खोजतलास गरेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।