भिमाद सञ्चार

तनहु २०८० जेष्ठ  १३
सेतीकाली साहित्य सङ्गम भिमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ ।

सेतीकाली साहित्य सङ्गमका संस्थापक अध्यक्ष एवम् लेखक नारायणकैलाश सिग्देलको अध्यक्षता, गीतल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँका संस्थापक अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अधिकारीले सेतीकाली साहित्य सङ्मले भिमाद र यसका आसपासका क्षेत्रहरूको केन्द्रबिन्दुबाट प्रकाशित भएको सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्रले साहित्यको क्षेत्रमा अर्काे एउटा ऐतिहासिक फड्को मारेको बताए । त्रिभूवन विश्वविद्यालय मानवशास्त्रका पूर्व प्रध्यापक सुर्यभक्त सिग्देलले मोफसलमा रहेर नियमित रुपमा पत्रपत्रिका प्रकाशित गर्नु एउटा चुनौतिपूर्ण कार्य भएता पनि यो संस्थाले सम्पन्न गरेर देखाएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए । किहुँ अरुणोदय एवम् पोखरा कास्कीका अध्यक्ष कृष्णप्रसाद सिग्देलले सुविधा समपन्न ठाउँहरूमा पत्रिका प्रकाशनको खडेरी परिरहेको अवस्थामा यस पत्रिकाका हिमायतीहरूले देखाएको सहासिक कदमको प्रशंसा गरेका थिए । नगर उद्योग वाणिज्य सङ्घ, भिमादका अध्यक्ष हस्तबहादुर खड्काले भिमादको गौरव बढाउने काम सेतीकाली साहित्य सङ्गमले गरेकोमा आफू अत्यन्तै प्रफुल्लित भएको विचार व्यक्त गरेका थिए । पत्रिकाका समिक्षक दिवाकर भट्टाराइले झण्डै १ सय ५० पेज रहेको यो मुखपत्रमा प्रायः स्थानीय लेख रचना मुखरित हुनुले पक्कै पनि यहाँका स्थानीय साहित्य अनुरागीहरूले यसलाई गहनाको रूपमा लिनेछन् भन्ने अभिप्राय व्यक्त गर्दै झिना मसिना त्रुटीहरू आगामी दिनहरूमा सच्चिने छन् भन्ने सुझाव व्यक्त गरेका थिए ।

सो कार्यक्रममा ग्रिन सिटी भिमादका अध्यक्ष सिमा खड्का, शुक्ला साहित्य सङ्गम दुलेगौडाका लेखक तथा गजलकार जीवन सागर, माधव अधिकारी, भविष्य निर्माण एकता टोलका महिला समूहका अध्यक्ष लक्ष्मी श्रेष्ठ, विश्वहिन्दू परिषद भिमादका अध्यक्ष जीवनाथ अर्याल, नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष धिरेन्द्र थापा मगर किसानी, भिमाद नगर कार्यपालिकाका सदस्य सीमा खड्का, जनज्योती नमुना मावि भिमादका प्रधानाध्यापक चन्द्रप्रकाश सुवेदी, गणेश अकाडेमि मालेबगरका प्रिन्सिपल मनबहादुर सारु, भजन किर्तन मण्डलका अगुवा तुलसी सिग्देलको उपस्थिति थियो । उक्त कार्यक्रममा जीवन सागर, सागर गैह्रे, बालकृष्ण गैह्रे, ध्रुबराज सुवेदी, सुरज लम्साल, इन्धिरा खड्का, हरिप्रसाद सुवेदी लगायतका कविहरूले आफ्नो रचना वाचन गरेका थिए ।

उक्त कार्यक्रमको स्वागत मन्तव्य सदस्य धिरेन्द्र थापा, धन्यवाद ज्ञापन संस्थाका सल्लाहकार सुरज लम्साल र सञ्चालन ध्रुबराज सुवेदीले गरेका थिए ।