तनहुँ २०८० जेष्ठ १६
पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको सदरमुकाम दमौलीमा केही बर्षअघि एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र तनहुँले निर्माण गरेको शहिद स्मृतिद्वार भत्काइएको छ
पोखरा–मुग्लिन सडक  बिस्तारको क्रममा मंगलबार उक्त शहिद स्मृतिद्वार भत्काइएको हो ।
पृथ्वीराजमार्ग क्षेत्रमा तीब्र गतिमा सडक बिस्तारको कार्य भैरहेको र मापदण्ड बिपरीत शहिद स्मृतिद्वार निर्माण गरिएकाले भत्काइएको हो । पार्टीका जिल्ला संयोजक ओमराज आले मदन सहितको नेताहरुको उपस्थिति रहेको थियो ।
शहिदहरु सम्मानमा निर्मित स्मृतिद्वार भत्काएपनि अब छिट्टै उचित स्थानमा आकर्षक र सुन्दर शहिद गेट निर्माण गर्ने पार्टीको लक्ष्य रहेको जिल्ला संयोजक आलेले जानकारी दिए ।