भिमाद सञ्चार 

तनहुँ २०८० जेष्ठ १७

तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा न ६ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

वडाले गत आर्थिक बर्षको प्रगति समिक्षा तथा चालु बर्षको लागि सुझाव संकलन सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

भिमाद नगरपालिकाको  वडा न ६ मा  सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले वडाबाट प्रवाह भएका सेवाहरुको विषयमा जिज्ञासा र सुझाब राखेका थिए । कार्यक्रममा भिमाद नगरपालिकाका अध्यक्ष दधिराज सुबेदिले सुझाबहरुलाई ग्रहण गर्दै अघि बढ्ने प्रबिद्धता ब्यक्त गरेका छन् । उनले सहभागीहरुबाट उठेका जिज्ञासा र सुझाबको उत्तर दिदै गाउँपालिकाले सवैको सुझाब कै आधारमा प्रत्येक बर्ष आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउने गरेको बताए ।

भिमाद नगरपालिका वडा न. ६ का वडा   अध्यक्षले जनताको भावना बमोजीम काम गरेर अगाडि बढ्ने  बताए । उनले वडा भित्र पूर्वाधार निर्माणको काम सडक बमाउने काम लगभग सकिसकेको उल्लेख गर्दै कृषि पशु, क्षमता बिकास कार्यक्रमका क्षेत्रमा देखिने गरी परिर्वतनहरु भएको दावी गरे ।

सहभागीहरुबाट उठेका प्रश्नहरुको उत्तर दिदै अध्यक्षले  भिमादको शबदाह स्थलको टेन्डर भइसकेको, संघ र प्रदेशबाट प्राप्त बजेटको सदुपयोगका विषयमा स्पष्ट पारेका थिए । उनले बार्षिक कार्यक्रम योजना तथा अनुगमनको विषयमा कर्मचारीहरुबाट इमान्दारीताका साथ काम गर्ने कुरामा कुनै सम्झौता नहुने समेत प्रतिबद्धता ब्यक्त गरे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा भिमाद बजारको बजार अनुगमल र लापरबाही , कन्टेजेन्सी रकमको खर्च प्रक्रिया, बजार ब्यवस्थापन, धर्म मा बि अगाडिको ट्रांफसर हटाउनमा ढिला सुस्ती, जता भाबी पार्किङ, सिसि क्यामेरा सम्बन्धि बर्तमन अवस्था, बधशाला, सर्बजनिक जग्गा, वडा कार्यलयको भवन, खानेपानी तथा सडक आयोजनाहरुको प्रभावकारीता, कृषि, महिला शशक्तिकरण कार्यक्रम लगाएतका शीर्षकमा प्रश्न राखिएको थियो ।

कार्यक्रममा पालिकाकि  उपाध्यक्ष शारदा खनालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन भने कार्यक्रमको सहजीकरण भरत आचर्यले गरेका थिए ।