भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ १९

भिमाद । सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ ।

भिमाद नगरपालिका वडा नम्बर ६  मालेबगर स्थित  रहेको जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुको दिवा खाजा  कार्यक्रममा Food to charity UK ले आर्थिक सहायता गरेको छ । सोही विद्यालयमा अध्यापन गराउदै आएका शिक्षाक केदरनाथ सिग्देलको पहलमा उक्त कार्यक्रम यहि शैक्षिक शत्रको २०८० बैशाख ६ गतेदेखि   संचालन हुँदै आएको र विद्यालयमा दिवा खाजा कार्यक्रमको प्रभाव र सकरात्मक देखिन थालेको विद्यालयका प्रधानाध्यापक  रुमा माया थापा र सहायक प्रधानाध्यापक कृष्ण प्रसाद गैह्रेले बताउनु भयो ।

नेपाल सरकारले पूर्व प्राथमिक कक्षादेखी कक्षा ६ सम्म मात्रै दिवा खाजा कार्यक्रम लागू आएको थियो । बेलायतको Food to charity नामक कार्यक्रमको आर्थिक  सहयोग पस्चात कक्षा ८ सम्मका सबै १७५ जना  विद्यार्थीहरुलाई दैनीक दिवा खाजा खुवाउदै आउन सकेको बिद्यालय प्रशासनले जनाएको छ ।

दिवा खाजा कार्यक्रममा नियमित स्वास्थकर खाजा खुवाउने पनि विद्यालया प्रशासनले प्रतिबद्धता जाहेर गरेको छ ।