भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ २२

हरिनास। हरिनास गाउपालिका  क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई आइतबार  अपांग साहायता  सामाग्री वितरण गरिएको छ ।

community Based rehabilitation Pokhara (CBRS) को  सहयोग र हरिनास गाउपालिका वडा नम्बर ४ को कार्यलयको सहकार्यमा  अपांगता सहयोगी सामाग्री वितरण गरिएको हो ।

community Based rehabilitation Pokhara (CBRS) पोखरा ९ कास्कीका ब्यवस्थापक कृष्ण कुमार लामिछानेको अध्यक्षता र हरिनास गाउपालिकाकि  उपाध्यक्ष तथा अपाङ्ग  समितिको संयोजक इन्द्र कुमारी रानाले अपाङ्गता सामाग्री वितरण गर्नुभएको हो ।

पालिका भित्रका ६  जना अपांग भएका ब्यक्तीलाई  ह्वाइल चियार वितरण गरिएको र अपांग सहाएता सामाग्री प्राप्त गरे पछि अपांगता भएका ब्यक्तीहरु निकै हर्सित भएका पनि वडा सदस्य गुन्जन मानन्धरले जानकारी गराए ।