भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ २३

भिमाद  । ‘Eco-Club mount Annapurna’ mount annapurna english bording school भिमादले भिमाद नगरपालिका वडा  ६ मा रहेको शिव पञ्चायन मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम  गरेको छ ।

प्रमुख अतिथि भिमाद नगरपालिकाका मेयर दधिराज सुबेदि र बिशेष अतिथि वडा नम्बर ६ भिमाद का अध्यक्ष श्यामसुन्दर जोशी लगाएकाल सहभागीमा २५ बिरुवा सारिएको हो ।

‘Beat plastic pollution’ भन्ने अभियान अनुसार वृक्षारोपण गरिएको mount annapurna का principal शोभाकान्त पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार कार्यक्रममा आप, बेलाउती , दालचीनी, धुपी लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको थियो। वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले भिमादमा पनि ५० औं विश्व बाताबरण दिवसमा   बिद्यार्थीहरुको पहलमा वृक्षरोपण गरिएको इको क्लवका अध्यक्ष सोपनिल श्रेष्ठले बताए ।

विद्यार्थीहरुले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने नगर प्रमुख मेयर दधिराज सुबेदीले बताएका छन् ।