भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ २७

भिमाद । मेयर संग बालवालिका अन्तरक्रिया  कार्यक्रम शुक्रबार  भिमाद  नगरपालिकामा  सम्पन्न भएको छ ।

भिमाद  नगरपालिका नगर बाल मञ्च  तथा वडा बाल सञ्चालको आयोजनामा सम्पन्न कार्यक्रममा भिमाद नगरपालिका भित्रका बालबालिकाले भिमाद  मेयर संग बालबालिकाका समस्याका बारेमा खुलेर प्रश्न राखेका थिए ।

सहभागि वालवालिकालाई मेयर दधिराज सुबेदिले उत्तर दिदै बालअधिकार प्राप्तिमा अब कुनै समस्या हुन नदिने प्रतिबद्दता गर्नुभयो । नगर भित्रका ५० भन्दा बालबालिका सहभागी रहेको कार्यक्रममा मेयर दधिराज सुवेदी , उपमेयर शारादा खनाल, भिमाद नगरपालिका शिक्षा साखाका स्रोत ब्यक्ती केशव वाग्ले, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु एवम् बिद्यालयका प्रधानाध्यापकहरुको उपस्तिथि रहेको थियो ।

बालबालिकाहरुले विद्यालय कक्षा कोठाको समस्या, अव्यबस्थित बसाई, खानेपानी तथा वालमैत्री संरचना, विद्यार्थी बोक्ने बस तथा भ्यानमा ट्राफिक नियाम बिपरित विद्यार्थी खचाखच गरेर ओसारपसार गर्ने बारे, भिमादमा सञ्चालित होटेल तथा रेस्टुरेन्ट भित्र हुदै गरेका बालबालिकाहरुको श्रम शोषण, कुलत, धर्म मा बिको गेटैमा रहेको बिजुलीको ट्रान्सफार्मर, बाल बिबाह,   शुद्ध पिउने पानी लगायतका समस्यको  बिषयमा सरोकारबालालाई प्रश्न सोधेका थिए ।

सहभागी विद्यार्थीहरु बाट उठेका प्रश्नहरु मद्यका  २२ प्रश्नहरु माथी गम्भीर भएर लाग्नु पर्नेमा भिमाद नगरपालिकाका स्रोत ब्यक्ती केशव वाग्लेले जानकारी गराए ।