भिमाद सञ्चार

तनहुँ २०८० जेष्ठ २९

भिमाद  । तनहुँमा घाँस झार्न रुखमा चढेका ८० बर्षीय बृद्धको लडेर ज्यान गएको छ । भिमाद नगरपालिका ९ मोहरियाका तुलविर थापाको राङसिङको रुखबाट खसेर मृत्यु भएको हो ।

आईतबार रुखबाट खसेका थापालाई गम्भिर अवस्थामा उपचारका लागि पोखरा लगिएकोमा सोमबार दिउँसो मृत्यु भएको तनहुँ  प्रहरीले जानकारी दिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नावय उपरिक्षक मोहनबहादुर खाँडले बताए