भिमाद सञ्चार
तनहुँ २०८० असार ५

सडक निर्माणको क्रममा माथिबाट पहिरो खस्न गई पुरिएर घाइते भएका दुई जना मजदुरको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा जिल्ला शिवशताक्षी नगरपालिका–७ निवासी ३३ बर्षीय भिम भुजेल र उदयपुर जिल्ला कटारी नगरपालिका–ं ७ का  ४० बर्षीय बल बहादुर राई  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक खण्ड अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सडक निर्माणका क्रममा माथिबाट ढिस्को खसरेर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

भुजेलको रत्नहरी मेमोरिएल र राईको मणिपालमा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । त्यसैगरी झापा जिल्ला शिवशताक्षी नगरपालिका–७ निवासी ४५ को कृष्ण लिङदेल घाइते भएका छन् ।

उनको दमौली स्थित रत्नहरी मेमोरिएल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।