भिमाद सञ्चार

तनहुँ  २०८० ९ शनिबार

जिल्लाको आँबुखैरेनीमा शुक्रबार चट्याङ लागेर एक युवकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा तनहुँका जिल्लाको आँबुखैरेनी– ५ खाल्टेपानी निवासी २० बर्षीय पृतम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  छ ।
एकतले कच्ची घरमा एक्कासी चट्याङ पर्न जाँदा घरको कोठा भित्र बसिरहेको अवस्थामा पृतमको घट्नास्थलमै मृ’त्यु भएको हो ।

बिहान करिब २ बजेको समयमा चट्याङ लाग्दा निजको मृ’त्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।