भिमाद सञ्चार

तनहुँ २०८० असार १०

भिमादको जनज्योति क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

तनहुँको भिमाद नगरपालिका नगरपालिका वडा नम्बर   ६  मा रहेको जनज्योति क्याम्पसमा अन्तर माध्यमिक बिद्यालय स्तरीय प्रतियोगिता सम्पन्न भएको थियो । माध्यमिक तहका विध्यार्थीहरुलाई बाह्या ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक अतिरिक्त क्रियाकलाप समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख शिवदत्तले जानकारी दिनुभयो ।

१७ वटा माध्यमिक बिद्यालय  विचमा भएको प्रतियोगितामा  जनज्योति माध्यमिक बिद्यालय   प्रथम भएको थियो । साथै सो प्रतियोगितामा पाटन बोर्डिङ स्कुल  द्धितिय र भिम मेमोरियल बोर्डिङ  इङलिस  स्कुल तृतीय भएका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि भिमाद नगरपालिकाका शिक्षा, युवा तथा  खेलकुद शाखा प्रमुख पदमराज आचार्यले  हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालय तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताउनु भयो । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा स्वावियु सभापति बिनोद पराजुलीले स्वागत मन्तव्य  राख्नु भएको थियो । क्याम्पस प्रमुख केशवराज काफ्ले , जनज्योति माध्यमिक बिद्यालयका प्रधानाध्यापक चन्द्र प्रकाश सुवेदी तथा पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति हरि प्रसाद सुवेदीले  कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।

दिपक माध्यमिक बिद्यालयका प्रधानाध्यापक शंकर खनालले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्याम्पसका प्राध्यापक दिपक भट्टराईले गर्नुभएको थियो ।