भिमाद सञ्चार

तनहुँ २०८० असार १२
संजय श्रेष्ठ
ऋषिङ्ग ।
तनहूँको घीरिङ गाउँपालिका वडा नं -४ बारबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा अंगुर खेती गरिएको छ ।

वाइन उत्पादन तथा टेबुल फलका गरिएको सो खेतीबाट पहिलो वर्ष १० हजार किलो अंगुर उत्पादन गर्ने लक्ष्य राखिएको छ । घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टर नामले घिरिंङ्ग गाउँपालिकामा दर्ता भएको सो फर्ममा बिरुवा स्वीजरल्याण्डबाट आयात गरेर पहिलो वर्ष करिब ९५०० बिरुवा रोपिएको छन् ।

काठमाडौंका कुमार कार्कीले संचालन गरेका यस फर्ममा करिब ३२ प्रजातिका विभिन्न अंगुरहरु सुरुको वर्ष परिक्षणका लागि लगाएका हुन् ।
हाल सम्म कार्कीका अनुसार करिब ४० करोड लगानी भै सकेको बताए । पातले बन् भाइन्यार्ड वाइनरी नामक वाईन् बजारमा ल्याएको समेत कार्कीले बताए । कम्पनीको बार्षिक ३ लाख लिटर वाइन उत्पादन क्षमता रहेको छ ।


प्रति ७५० एम. एल को वाइन तर्फ विभिन्न तीन भेराइतिलाई प्रति बोतल १२०० रुपैयाँमा बजारमा ल्याएका छौं । धादिङ जुङ्गे खोला केवलपुर १० थाक्रे गाउँपालिकामा समेत विगत १५ वर्ष देखि करिब १५० रोपनीमा खेती गर्दै आएको र वाइनका लागि अंगूर प्रशोधन लगाएत उत्पादन उद्योग समेत सोही स्थानमा रहेको छ उनले भने । २ वर्ष अगाडि सुरु गरिएको खेतीमा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खाने अंगुरमा फन्नि, सोफिया, आरकडीया, पोलिस्की , दुचबा, चालिचमान , लगाएतका भेराइतीहरु रोपिएको र उत्पादन सुरु भएको बताए ।


विशेष गरी वाइन तथा खाने अंगुरका लागि खेती गरिएको ।
रोपेको १ वर्षमा फल दिन सुरु गर्ने जसमा पहिलो वर्षमा प्रति बोट ३-४ केजी उत्पादन चैत बैशाख मा फूल फुले सँगै ३ महिनामा फल टिप्न तयार हुने फार्मका प्राविधिक सान नानी तामाङ्गले जानकारी दिईन् । फाल्गुन देखि फूल खेल्ने र असारको पहिलो साता सम्म फल टिपिने कार्कीले जानकारी दिए । स्वीजरल्याण्डबाट खरिद गरिएको प्रति बिरुवा नेपाली ७ सय देखि १ हजार सम्म पर्ने गरेको उनीले बताईन् । फर्मले दैनिक ज्याला दारीमा मासिक १२-१५ जनालाई प्रतक्ष्य रूपमा रोजगारी समेत दिएको छ ।

मासिक घास कटाई, बिरुवा गोडमेल, मल तथा अन्य। व्यवस्थापकीय काममा खटिएका स्थानीयहरुलाई राम्रो आम्दानीको स्रोत समेत बनेको उनीहरू बताउँछन्
नेपालमा अंगूर खेती असफल हुन्छ भन्ने विश्वास र वातावरण प्रतिकूल भएको निष्कर्ष निकाल्दै अंगूर खेतीतर्फ सरकारले ध्यान नदिएको कार्की बताउँछन् । आफू पर्यटन क्षेत्रमा काम गरेको भएतापनि कृषि क्षेत्रमा नयाँ अनुसन्धानात्मक हिसाबले अंगूर खेती तर्फ आकर्षित भएको बताए । घिरिङ्गमा हाल प्रारम्भिक चरणमा ८-१० भेराइटीको उत्पादन राम्रो भएको छ उनले भने ।

धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा १२ ओटा फर्म मध्यमा पर्न् सफल भएको र सो बापत ५५ लाख बराबरको अनुदान रकम समेत पाएका उनको यस वर्ष घिरिङ्ग रिसर्च सेन्टरबाट १० हजार किलो भन्दा धेरै उत्पादन लिने अनुमान गरेका छन् ।

यहाँ हामीले पहिलो वर्ष पात खाने लार्भाको समस्या भोगेका थियौं । यस वर्ष भने त्यस खाले रोग र विभिन्न प्रकोपका लागि हामी पूर्व तयारी गर्दै अझ खेती बढाउने तर्फ लागिपरेका कार्कीले बताए ।