भिमाद सञ्चार

तनहुँ  २०८० असार १७

हरिशयनी एकादशीको अवसरमा असार १४ गते बिहीबार १०८ पिपल बृक्षरोपण कार्यक्रम घिरिङ गाउँपालिका वडा नं १, पुट्टार तनहुँ स्थित कालि गङ्गा उत्तरबाहिनि क्षेत्रमा सम्पन्न भएकाे छ।

कालिगण्डकी तिर्थ क्षेत्र नेपालको आयोजनामा संचालन गरिएको वृक्षरोपण कार्यक्रम समापन कार्यक्रममा अध्यक्षता होमनाथ सिग्देलले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथी घिरीङ गाउँपालिका प्रमुख होम वहादुर थापा रहनु भएको थियो। कार्यक्रममा बिशिस्ट अतिथी बलभद्र योगी, रनबहादुर राना, सरस्वती सिग्देल, रविचन्द्र घोरासेनि, माधव सिग्देल,ध्रुवराज सिग्देल, भेषराज अधिकारी लगायत जिल्लाका बुद्धिजीवी, पत्रकारको उपस्थीती रहेको थियो।

श्री धर्मदय दशअबतार बालन तथा भजन कृर्तन समुह रामपुर,पाल्पाको सांगितिक प्रस्तुति पश्चात कार्यक्रमको समापन गरिएको थियो।

कार्यक्रममा प्रमुख अथिति होम बहादुर थापाले पीपलको वृक्षले अक्सिजन दिने र वातावरण हराभरा हुने विचार राखेका थिए।

रबिचन्द्र घोरसिनिले स्वागत मन्तब्य गरेको कार्यक्रमको सञ्चालन खिमकर्ण ढकालले गरेका थिए।