भिमाद सञ्चार
तनहुँ २०८० असार १८

तनहुँको म्याग्दे गाउँपालिकामा रोजगार प्रवर्द्धन तथा उद्घोषण सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ।

गाउँपालिकाको वडा नं १ को कार्यालय गुणादिमा तालिम संचालन भएको थियो। क्षमता अभिबृद्दि र ब्यक्तित्व बिकास गर्ने उदेश्यले आयोजना गरेको उक्त तालीममा वडा नं १ का सबै टोल बाट प्रतिनिधित्व गरि पचास जना सहभागी भएका थिए। सो तालिममा सहजकर्ताको रुपमा पत्रकार अन्जान परियार रहेका थिए।

असार १३ देखि १६ गते सम्म संचालन रहेको तालिमको समापन कार्यक्रम शनिबार वडा नं १ का अध्यक्ष मणि भद्र वाग्लेको अध्यक्षतामा भएको हो। कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो। श्रेष्ठले कार्यक्रममा बोल्दै नागरिकहरुको चेतनाको बिकास र निडर भएर बोल्ने बानिको बिकास गर्न उद्घोषण तालिमको महत्व रहेको बताउनु भयो। यसले गाउँठाउँमा संकुचित बिचार अन्त्य गरि सामाजिक भाब पैदा गर्न सहयोग पुग्ने दाबी गर्नु भएको थियो।

साथै आफ्नो ब्यक्तित्व स्तर वृद्धि समेत हुने भएकोले तालिममा सहभागीहरु बाट म्याग्दे गाउँपालिकाको बिकासमा सबैको सहयोग पुग्ने अपेक्षा गर्नु भएको थियो। अध्यक्ष श्रेष्ठले तालिममा सहभागीहरु सबैलाई प्रमाणपत्र बितरण गर्नु भएको थियो। सो कार्यक्रम संचालन वडा सचीब केशब पौडेलले गर्नु भएको थियो।

तालिममा कार्यपालिका सदस्य थम मायाँ बिक, वडा सदस्यहरु मीन बहादुर थापा, मीन बहादुर गुरुङ, राममायँ खदुलु मगर, केसरी बिकको पनि दैनिक सहभागिता रहेको थियो। तालिममा सुरु देखि अन्तिम सम्मको दौरानमा पुग्दा सहभागीहरुको प्रस्तुती र शैलीमा धेरै भिन्नता पाइएको महसुस गरेको उहाँहरुले बताउनु भएको थियो।

यस्तै गरि तालिममा सहभागीहरुले तालिम उपलब्धिमुलक रहेको भन्दै प्रशिक्षक र गाउँपालिका प्रती धन्यवाद ब्यक्त गरेका थिए।
तालिम बाट बिशेष गरि आत्मविश्वास, निडर, लय, शब्दचयन, स्पष्टता र बैठक सम्बन्धी कुराहरु सिक्ने अबसर पाइएकोमा खुसी ब्यक्त गरेका थिए। उनिहरुले तालिममा नियमित अभ्यास सहितको प्रशिक्षणले सोंच र शैलीमा समेत परिवर्तन ल्याएको बताएका थिए। आफु मात्र बाँच्ने होइन अरुलाई पनि बचाउने मानवको धर्म हो भन्ने कुरालाई आत्मसात गर्न

सहभागी मध्य बिमला बाछे मगरले आफ्नो भनाई निर्धक्क साथ प्रस्तुत गरेकी थिइन। तालिम नलिदा सम्म घरमा मात्र सिमित भएको बोली अब सार्बजनिक ठाउँमा वा औपचारिक कार्यक्रममै ढुक्क संग बोल्न सक्ने हिम्मत बढेको बताइन।

सुरुका दिनमा औपचारिक कार्यक्रम संचालन गर्ने तरिका समेत थाहा थिएन अझ भन्ने हो भने डरले आवाज नै ननिस्कने, कांप्ने र हडबडाउने समस्या थियो तर तालिमको अन्तिम दिन सम्म आइपुग्दा म लगायत सबै जना सहभागीहरु बोल्न उत्सुकता जागेको मगरले बताइन।