भिमाद सञ्चार
तनहुँ २०८० असार २५

बिश्वकर्मा आमा समुह भिमादको पहिलो अधिबेशन भब्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।

साथै उक्त अधिबेशन बाट शो माया थापा सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन भएको छ ।  २०७९ मा स्थापना भएको सस्थाको पहिलो अधिबेशन सोमबार भिमाद नगरपालिका वडा ६ बाघटारमा सम्पन्न भएको हो । सस्थाका तदर्थ समितिकि अध्यक्ष शोमाया थापा सुनारकाे सभापतित्वमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि भिमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशी रहेका थिए ।

विशेष अतिथिमा भिमाद नगरपालिकाकि कार्यापालिका सदस्य एवम् वडा नम्बर ६ कि वडा सदस्य ईन्दिरा खड्का, भिमाद नगरपालिका वडा नम्बर ६ का वडा सदस्य बेल बहादुर थापा, पदम कुमार श्रेष्ठ, कोपिला नेपाली, बिश्वकर्मा सेवा समाज भिमादकी कोषाध्यक्ष बिष्णु बि क  लगाएको उपस्थिति  रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तब्य सस्थाकी सदस्य सुनिता बि क ले राखेकी थिइन् ।  सँस्था के हो र किन स्थापना गरियो भन्ने बारेमा दर्साउदै सस्थाले जग्गा खरिद गरिसकेको  र आगामी दिनमा सस्थाको आफ्नै भवनमा दोस्रो अधिबेशन गर्ने भाबी योजना रहेको भन्दै पम्फा बि क ले सँस्थाकाे बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो  ।

कार्यक्रमा बोल्ने बक्ताहरुले समाजमा महिला बिना  घर समाज र राष्ट्र नै अधुरो हुने र बिश्वकर्मा आमा समाजको एकता र लक्ष्य प्रती प्रशंसा गरिएको थियो  । महिला आमा दिदिबहिनी आगामी दिनमा अझै ससक्त ढङ्गाले अगि बढन्न र उत्पादन र व्यावसायिक बन्न सुझाव सल्लाह दिदै नयाँ बन्ने कार्य समितिका पदाधिकारीलाई प्रमुख अतिथी श्यामसुन्दर जोशीले प्रगतिको शुभकामना ब्यक्त गर्नु भयो । भिमाद क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानलाई उच्च कदर गर्दै भिमाद सञ्चार प्रा लि द्वारा सञ्चालित www.bhimadsanchar.com एवम् Hulaki khabar Online TV का सञ्चालक एवम् सम्पादक सन्तोष बि क लाई सम्मान गरिएको थियो ।

पुरानो कार्यसमिति बिघटन गरि नयाँ कार्यसमिति गठन गर्न शालिकराम गहतराजकाे सँयाेजकत्वमा बिष्णु बि क र कृष्ण बहादुर बि क सदस्य रहने गरि ३ सदस्य निर्बाचन मण्डलले नयाँ कार्यसमितिको टुंगो लगाएको थियो । नयाँ बनेको कार्य समितिमा अध्यक्ष- शोमाया थापा सुनार, उपाध्यक्ष – सावित्री बिक , काेषाध्यक्ष – पम्फा बिक, सचिब – उषा बिक, सह- सचिब – सीता रामदाम, सदस्य – गंगा माया बिक, लाल कुमारी बिक, शोभा बिक, निर्मला बिक, बुद्धिसरा बिक, गंगा बराईली सहित ११ सदस्य सहितको कार्यसमिति बनेको छ ।

सस्थाका सल्लाहकारमा शालिकराम गहतराज, खुम बहादुर बिक, रमिला बिक, कृष्ण बहदुर बिक र देउ बहादुर बिक चयन भएका छन् । कार्यक्रमको सहजीकरण भने उषा बिकले गर्नु भएको थियो ।