भिमाद सञ्चार

तनहुँ २०८० श्रावण १

तनहुँ सेवा समाज युएईमा २१० औं भानु जयन्ती र पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

“हाम्रो तनहुँ हाम्रो शान सेवा र सहकार्यको लागि अभियान” भन्ने नाराका साथ  स्थापना भएको तनहुँ सेवा समाज युएईले सन् २०२३ जुलाइ १६ तारिक आइतबारका दिन आदिकवि भानुभक्त आचार्यको २१० औं भानु  जयन्ती UAE को बरदुबाई स्थित सिल्भर इस्पोनमा सप्पन्न भएको हो ।


संस्थाका अध्यक्ष श्री सुदिप कार्कीको सभाअध्यतामा  युएई व्यापी खुल्ला कविता एवम्  रचना बाचन कार्यक्रम आयोजन गरिएको थियो ।

तनहुँ सेवा समाज युएईका प्रमुख संरक्षक श्री दिपक खड्का  प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम  बिशेष  अतिथि  प्रादेेेेशिक भ्रमणमा रहनुभएका तनहुँ भानु नगरपालिका निवासी श्रम तथा रोजगार मन्त्रालयका सहसचिव श्री विष्णुराज ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लेखा अधिकृत श्री फईन्द्र कुमार श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो । साथै   नेपाली समाज युएईका अध्यक्ष – श्री वेद प्रसाद अर्याल, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई (नेपाल एसोसिएसन) का महिला संयोजक मन्जु मल्ल ठकुरी, नेपाल आदिवासी जनजाति महासघ युएईका – अध्यक्ष- विजय लक्ष्मी राई, कार्यक्रम संयोजक एवं सल्लाहकार – टक गुरुङ, प्रमुख सल्लाहकार- श्री कृष्ण रायमाझी लगाएतको उपस्तिथि रहेको थियो । श्री बसन्त रिमाल , श्री प्रकाश थापा, नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकाल, कास्की आदर्श सेवा समाज –अध्यक्ष- शिब कुमार श्रेष्ठ, गुल्मी सेवा समाज युएई- अध्यक्ष – राम श्रेष्ठ, मोना युएई – अध्यक्ष -सुबास राम्झाली मगर, मोरङ सुनसरी समाज युएई -अध्यक्ष बिनोद बस्नेत, पर्बत सेवा समाज युएई-अध्यक्ष –तिलक सापकोटा ,रुपन्देही सेवा समाज युएई – उपाध्यक्ष कला पांगेनी , गजलकार/ घन्तुक नेपाली क्याफे -सन्चालक- जे सागर , Esewa money tranfer का रिलेसन मेनेजर ईश्वर श्रेष्ठ, पत्रकार लाल बहादुर ढेंगा, सगरमाथा साहित्य प्रतिष्ठान- निर्वतमान अध्यक्ष- जीवित खड्का मगर , ताप्लेजुङ काठमाडौ समाज का सदस्य सोनी भण्डारी ,पाल्पाली समाज यूएई- संरक्षक- कृष्ण प्रसाद आचार्य , नेपाल मगर संघ शाखा युएई महासचिव बिष्णु राना मगर, तुल बहादुर घर्ती भुजेल अध्यक्ष -प्रवासी भुजेल सेवा समाज समिति युएई, AXIS GRAPHOCS DESIGN & ARTWORK SERVICES CO. संचालक सुरेन्द्र लामा, सृजना वाचन डबली का भुपेन्द्र आचार्य ( कान्छो), इन्स युएईका सचिव सबित्रा अधिकारी,सुनसरी समाज युएईका दुर्गा अधिकारी, प्रवासी मन्च युएईका सचिव बाबुराम सपकोटा, समाजसेवी सुदिर थापा, नेपाली समाज युएईका पूर्व अध्यक्ष सिपि सापकोटा नेपाली समाज युएई- प्रमुख सल्लाहकार गोविन्द ढकाल, समाजसेवी एकेन्द्र थापा, नेपाली सामाज युएईका प्रसाद अध्यक्ष राम मोक्तान, नेपाली समाजका वरिस्ठ उपाध्यक्ष कमल गिरि, नेपाली समाज युएईका उपाध्यक्ष राम बाबु न्यौपाने, नेपाली समाज युएईका महासचिव केदार कुँवर, गुल्मी सेवा समाज युएईका संरक्षक कृष्ण गौतम, गुल्मी सेवा समाज युएईका निवर्तमान अध्यक्ष रुद्र थापा, गुल्मी सेवा समाज युएईका प्रवक्ता कमल जङ कार्की लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युएईलाई आफ्नो कर्मथलो बनाई साहित्यिक क्षेत्रमा योगदान दिनु भएका भानु पछिका एक सफल सर्जक टक गुरुङ त्यस्तै गरी , दिपेन्द्र पौडेल, गणेश प्रसाद पौडेल, जीवित खड्का मगर, चन्द्रमन निलम ओम , कान्छो भूपेन्द्र, अथाह सागर ‘तीर्थमान’, गणेश बस्नेत , डि. एल. घिमिरे, नकुल पौडेल, सोनी भन्डारी , चट्टान कुमार किसान, डिजी शर्मा, इन्धन डि बि भण्डारी, एस पि माथवर,सुबास राम्झाली मगर, हरिहर कँडेल र अर्जुन खरेल लगाएतले आफ्नो रचना वाचन गरेका थिए ।

उत्कृष्ट रचना सहित सहभागिता जनाउनु हुने रचना वाचक सम्पूर्ण सर्जकहरुलाई तनहुँ सेवा समाज युएई परिवारको तर्फबाट सम्मान स्वरुप प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्दै सम्पन्न भएको उक्त कार्यक्रममा गजलकार परिविक्रमको पहिलो कृति ‘अङ्कमाल ‘ गजल संग्रह , गजलकार जगत खड्का दोलखालीको दोस्रो कृति ‘पहिरो’ गजल संग्रह र कवि देवव्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमति बग्छ’ यूएइमा लोकार्पण गरिएको थियो ।

सोही अवसरमा आगामी सेप्टेम्बर ३ तरिक तनहुँ सेवा समाज युएईले “वृद्धश्रम सहयोगर्थ” तीज विशेष सांस्कृतिक कार्यक्रम हुने जानकारी गराउदै  उक्त कार्यक्रमका प्रमुख प्रयोजक एवं कार्यक्रम संयोजक राजु तिमिल्सिना ज्युले जानकारी गराउनु भयो ।

नेपाली राष्ट्रिय गानबाट आरम्भ भएको कार्यक्रममा भानुको फोटोमा माल्यार्पण एवं दीप प्रज्ज्वलन गरी उहाँलाई स्मरण गरिएको थियो । स्वागत मन्तव्य समाजका वरिष्ठ उपाध्यक्ष कल्पना रिमाल ज्युले गर्नु भएको थियो। त्यसै गरी भानुको बारेमा समाजका उपाध्यक्ष गणेश बस्नेत र कार्यक्रमको बारेमा प्रकाश कार्यक्रम संयोजक एवं समाजका सल्लाहकार टक गरुङ ज्यु ले गर्नुभएको थियो। शुभकामना मन्तव्य कास्की आदर्श समाजका अध्यक्ष शिव कुमार श्रेष्ठ , नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकाल र प्रमुख अथिति दिपक खड्का ज्युले राख्नु भएको थियो।औपचारिक कार्यक्रम संस्थाका महासचिव सुरिन भुजेलले संचालन गर्नु भएको थियो भने साहित्यिक कार्यक्रमको जिम्मेवारी साहित्यकार जे. सागर र ‘कान्छो ‘भूपेन्द्र आचार्यले लिनु भएको जानकारी कार्यक्रमका संयोजक टक गुरुङले दिनु भएको छ।

कार्यक्रममा उपस्थित सबैलाई हार्दिक आभार सहित धन्यवाद दिँदै संस्थाका अध्यक्ष श्री सुदिप कार्कीले कार्यक्रमको समापन गर्नु भएको थियो ।