भिमाद सञ्चार

तनहुँ २०८० श्रावण ४

श्री स्वर्णकार कल्याण समिति कास्कीको २० बार्षिकोत्सब तथा ८ औ अधिबेशन बुधबार सम्पन्न  भएको छ ।

सस्थाका अध्यक्ष सुरेन्द्र बहादुर सुनार को अध्यक्षता एवं प्रमुख अतिथी गण्डकी प्रदेश  पर्यटन   तथा बन मन्त्री माननीय दिपेन्द्र थापा को उपस्तिथिमा उक्त कार्यक्रम भएको हो ।  सुनचादी ब्याबसायी महासंध गण्डकी प्रदेश सभापती चन्द्र किसोर गौतम,जिल्ला प्रहरी कार्यलय काश्कीका प्रहरी निरिक्षक राजेन्द्र पौडेल ,सुनचादी ब्याबसायी संध काश्कीका उपाध्यक्ष दिपक घिमिरे,नेपाल रत्न तथा आभुषण ब्याबसायी संध काश्की सचिव ईश्वर बहादुर बि.क. लगायत बिभिन्न संध सस्था र सरोकारवालाहरुले बोलेका थिए ।

बिष्णु गहतराजको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति निर्बिरोध चयन भएको छ ।

कार्यक्रममा “स्वर्ण बिशिष्ट योगदान पुरस्कार-२०८०”बाट संस्थाका सल्लाहकार एबं सामाजिक अभियन्ता राजकुमार बि.क घिमिरेलाई प्रदान गरिएको छ ।  रुपलाल सुनार ,रामचन्द्र लोहनी (सुनार)र निबर्तमान अध्यक्ष भुवन लोहनीलाई “कदर पत्र “प्रदान गरिएको हो ।

एस.ई.ई.-२०७९ उतिर्ण विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गर्नुका साथै सास्कृतिक कार्यक्रम अन्तर्गत सारेगम कला केन्द्रको कलाकार,गायक दिपक सुनार एवं बाल कलाकार कृशिका घिमिरेको समेत प्रस्तुति रहेको थियो  ।