भिमाद सञ्चार

तनहुँ २०८० श्रावण ९

आर्थिक बर्ष ०७९/८० मा जिल्ला प्रहरी कार्यालय तनहुँमा चेक बाउन्स भएका सोह्र वटा जाहेरी परेको छ ।
छ महिनाको अवधिमा तीन पटकसम्म बैक जाँदा पनि रकम भुक्तानी नभएपछि  चेक बाउन्स गरी प्रहरीमा जाहेरी दिएका हुन् ।
पीडित पक्षले कारबाहीका लागि जाहेरी दिएपनि मुद्वा दर्ता भने नगरिएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
देशमा भएको आर्थिक क्राइसेसलाई मध्यनजर गर्दै केही लचकता अपनाएको हौ,उनले भने,‘यस चालु आर्थिक बर्षदेखि मुद्वा दर्ता गरी प्रक्रियामा   लैजान्छौं ।’
उहाँका अनुसार चेक बाउन्समा रु.दुई लाखदेखि रु.नब्बे लाखसम्मको रहेको छ । सोही आवमा उच्च अदालतबाट बैकिङ्ग कसुरका चार वटा मुद्वा दर्ता भएको थियो ।
छ महिनाभित्र प्रहरीमा चेक बाउन्सको जाहेरी दिनुपर्छ,नत्र हदम्याद नाघि आएका जाहेरीमा प्रहरीले कारबाही गर्दैन्,उनले भने,‘हदम्याद हेरेर बैकिङ्ग कसुर मुद्वाको लागि प्रक्रिया अघि बढाइनेछ ।’
शुरुको चरणमा दुवै पक्षलाई राखेर छलफल गराइन्छ यदि नमिलेको अवस्थामा मुद्वा दर्ता गरी प्रक्रियामा लैजान्छौ,उनले भने ।
यसअघि चेक बाउन्सका मुद्वा उच्च अदालतबाट हुने गरेपनि यस चालु आर्थिक बर्षबाट जिल्ला अदालतबाट मुद्वा चलाइने हुँदा काम गर्न सहज हुने उहाँले बताए ।