भिमाद सञ्चार

तनहुँ २०८० श्रावण २१

जिल्लाको दुई स्थानबाट लागुऔषध सहित तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । करिब छ किलोग्राम गाँजा र एकचालिस थान लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्लाको व्यास नगरपालिका–३ बिसघरे देउरालीनगर बस्दै आएका ३६ बर्षीय नबिन कुमार थापालाई ५ किलो ८९० ग्राम गाँजा सहित पक्राउ गरेको   हो ।
निजकै घरकोठाबाट नियन्त्रणमा लिई तलासी लिदा निजको घरकोठाबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
तनहुँ जिल्ला अदालतबाट आइतबार छ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको उनले बताए ।
त्यसैगरी,पृथ्वीराजमार्ग सडक अन्र्तगत जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङ साईडबाट एकचालिस थान लागुऔषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका–३ निवासी ३३ बर्षीय सुरेन्द्र चुमान र गोरखा नगरपालिका–१४ याङ्कोटका ३० बर्षीय जीवराज सेडाईको साथबाट उक्त लागुऔषध बरामद गरेको हो ।
उनीहरुको साथबाट डाइजेपाम चौध,नुफिन तेह्र र फेनेरागन चौध थान बरामद गरेको उनले बताए ।
लागुऔषध ओसार पसारमा संलग्न दुबै जनालाई पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरि अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।