भिमाद सञ्चार

तनहुँ २०८० भाद्र ५

व्यास नगरपालिका–३ बिपी बनबाटिकामा निर्माण सम्पन्न गरेको तनहुँ सभाहल अपाङ्गमैत्री नभएका भन्दै अपाङ्गता भएका व्यक्तिहरुको संर्घष समितिले आइतबार सभाहलको मुल ढोकामा ताला लगाएका छन् ।

संघर्ष समितिले संर्घष कार्यक्रम सार्वजनिक गरे अनुरुप सर्घष समितिका संयोजक मदन पौडेलले ताला लगाएका हुन् । त्यसैगरी भदौ ४ गते जिल्ला समन्वय समितिको कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको उनले  बताए ।
यस अघि उक्त सभाहल  अपाङ्गमैत्री नभएको भन्दै जिसस,नेपाल सरकार शहरी विकास मन्त्रालय,राष्टि«य मानव अधिकार आयोग क्षेत्रीय कार्यालय कास्की,जिल्ला प्रशासन कार्यालय र सामाजिक विकास कार्यालय तनहुँलाई समेत बोदार्थ पठाउँदा पनि वेवास्ता गर्ने गरेको उनले बताए ।

राष्पट्रति रामचन्द्र पौडेल उक्त सभाहल उदघाटन गर्न आउने कार्यक्रम रहेकाले उदघाटन गर्न नदिने योजना रहेको बताइएको छ । हामीलाई परेको अन्यायको बिरुद्धमा न्यायालयको ढोका ढकढकाउन जाने उनीहरुले बताएका छन् ।

सर्घष समितिका संयोजक मदन पौडेलले राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले सरकार समक्ष पेश गरेका पहुँचयुक्त संम्बन्धी १४ बुद्वे र सभाहलको डिजाइन गर्ने मुख्य इन्जिनियरको लाइसेन्स खारेजीको माग गरिएको बताए ।