भिमाद सञ्चार

तनहुँ २०८० भाद्र ६ अमृत परियार

लायन्स क्लव अफ रिजन १८ ले भिमाद नगरपालिका २ जिलाङ्ग निवासी मोटरसाइकल दुर्घटनामा घाइते भएका विष्णु बहादुर भुजेललाई आर्थिक सहयोग प्रदान गरेको छ । रिजन १८ अन्तर्गत जोन ३५ र जोन ३७ भित्र रहेका ७ वटा क्लबको संयुक्त आयोजनामा २८ हजार रुपैयाँ प्रदान गरिएको रिजन चियरपर्सन सुजन श्रेष्ठले जानकारी दिए । मोटरसाइकल दुर्घटनामा परि दाहिने खुट्टामा गम्भीर चोट लागेका भुजेललाई औषधी उपचारमा राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको जोन ३५ का जोनल चियरपर्सन दिना गोतामेले जानकारी दिइन् ।

जाेन ३६ का जाेन चियरपर्सन लायन्स सुमन सापकाेटा, लायन्स क्लब अफ दुलेगौंडा खैरेनीसिटीका अध्यक्ष लायन्स शिव पौडेल , लायन्स क्लब अफ भिमाद ग्रीनभ्यालीका अध्यक्ष लायन्स आनन्द कुमार श्रेष्ठ , लायन्स क्लब अफ भिमाद ग्रीनसिटीकी अध्यक्ष लायन्स विष्णु श्रेष्ठ, लायन्स क्लब अफ बेलचाैतरा टाउनका अध्यक्ष लायन्स बिनिता बिक, लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष लायन्स खुम बहादुर राई, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनका अध्यक्ष लायन्स कमल गैह्रे र समाजसेबी खैरेनिटार निवासी कृष्ण कुमारी श्रेष्ठले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्दै लायन्स क्लबले सकरात्मक र सामाजिक कार्यको लागि अग्रणी भूमिका खेल्ने बताएका थिए।

सहयोग रकमले उपचारमा सहयोग पुग्ने भुजेलले बताएका छन् ।
भुजेलले २०७९ असोज २ गते शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटारमा दुर्घटनामा परि दाहिने खुट्टामा गम्भीर चोट लागेको बताएका छन् । खैरेनीटार बाईकमा पेट्रोल हाल्ने क्रममा पछाडिबाट आई खैरेनीटार निवासी सुसिन केसीले ठक्कर दिई सख्त घाईते भएको उनले बताएका छन् । पिडितको उपचारको लागि दुवै पक्षबिच सहमतिको प्रयास भएतापनि पिडक पक्षबाट अहिलेसम्म सकरात्मक प्रतिक्रिया नआएको पारिवारिक स्रोतले जनाएको छ ।

हालसम्म उपचारको लागि करिब १७ लाख खर्च भएतापनि पिडकबाट ३ लाख रुपैयाँ मात्र उपलब्ध भएको भुजेलले बताएका छन् । पारिवारिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भइरहेको भुजेलकी श्रीमती मन्सिला चन्द भुजेलले बताइन् । भुजेल परिवारले पिडकबाट पिडितको सम्पूर्ण उपचार खर्च र क्षतिपुर्ति माग राखेका छन् ।