भिमाद सञ्चार

तनहुँ २०८० भाद्र ९

भिमाद नगरपालिकाको राङ्गरुङ्ग हटियमा  सम्मान कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ । तनहुँको भिमाद नगरपालिका वडा नम्बर ७ हटियमा जन्मनु भई हाल प्रबास( यू.के)मा बस्दै आउनु भएका नेपाली सहित्य क्षेत्रमा पुर्‍याउनु भएको योगदान प्रती उच्च कदर गर्दै साहित्यकार भरत कुमार श्रेष्ठ (बिवश) को आमालाई एक कार्यक्रमका बिच भिमाद सञ्चार प्रा. लि. द्वारा संचालित Hulaki Khabar Online Khabar TV एवम्  bhimadsanchar.com ले  सम्मान गरेको हो ।

भिमाद सञ्चार प्रा. लि. का संयोजक अमर बहादुर भण्डारीको अध्यक्षता, भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम भिमाद सञ्चार प्रा. लि. द्वारा संचालित Hulaki Khabar Online Khabar TV एवम्  bhimadsanchar.com का संचालक/सम्पादक सन्तोष बि.क. बाट  स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सह-सम्पादक शालिकराम गहतराजले  गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं  भिमाद नगरपालिकाका नगर प्रमुखले प्रवासमा रहेर पनि नेपाली साहित्यमा योगदान पुराउदै आउनु भएका  साहित्यकार भरत कुमार (विवश) प्रती अझै प्रगतिको कामना व्यक्त गर्नु भएको थियो । भरत कुमार जस्ता छोरा जन्माउने आमा प्रती सम्मान व्यक्त गर्दै भिमाद सञ्चार प्रा . लि ले सन्देश मुलक रचनात्मक कामको सुरुवात गरेको प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा  आनन्द कुमार श्रेष्ठ शुक्ला सहित्य संगमको पूर्ब अध्यक्ष, सेतीकाली  साहित्य संगमका दिनानाथ पराजुली, शुक्ला साहित्य संगका माधब अधिकारी लगएतका साहित्यकारहरुले बोल्दै साहित्य क्षेत्रमा पनि सरकारको ध्यान दिन आवश्यक रहेको बताए । भिमाद नगरपालिका वडा ६ का  वडा अध्यक्ष श्यामसुन्दर जोशी, वडा ७ का  वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडा ८ का  वडा अध्यक्ष  अण बहादुर शाही,वडा ९ का  वडा अध्यक्ष रन बहादुर थापा लगाएत कार्यापालिका सदस्य, वडा सदस्यहरुको सहभागी रहेको थियो । सहभागीहरुले आफ्ना भनाइ राख्दै  साहित्यकार  भरत कुमार  जस्ता जन्माउनु हुने आमा प्रती उच्च सम्मान व्यक्त गरेका थिए । साहित्यकारका बाल्यकाल देखिका स्कुल पढ्दा सम्मका बिगतलाई  स्मरण गर्दै, उहाँका शोभावको बारेमा प्रशांस गरेका थिए । राजनीतिक दलका पार्टी प्रतिनिधिहरु नेकपा एमाले बाट उमकान्त श्रेष्ठ लगाएतले बोलेका थिए ।

कार्यक्रमका मुख्या आकर्षक मिश्री श्रेष्ठ प्रती सहभगीहरुले उच्च सम्मान व्यक्त गरेका थिए । सम्मानित हुनुहुने आमालाई नगर प्रमुख दधिराज सुबेदीले सम्मान- पत्र र भिमाद सञ्चार प्रा. लि. का संयोजक अमर बहादुर भण्डारी वास दोसल्ला ओडाएर सम्मान  प्रदान गरिएको थियो ।

भिमाद सञ्चार प्रा. लि. का संयोजक एवम् कार्यक्रमका सभा अध्यक्षले कार्यक्रम समापन गर्दै यो मिडिया तपाईंहरुको हो, यसले समाजमा वास्तविक आवाज बिहिनहरुको आवाज बोल्नको लागि जन्मिएको हो । यसले समाजमा भएको यथार्थमा रहेर सधै आवाज बुलन्द पार्नको लागि अगाडी बढीनै रहन्छ । आगामी दिनमा राम्रो काम गर्ने जनप्रतिनिधिहरुलाई समेत सम्मान गर्ने बारेमा जानकारी गराउनु भएको थियो ।