भिमाद सञ्चार

तनहुँ  २०८० भाद्र १५

तनहुँमा एक पुरुष बृद्वको भीरबाट लडेर शुक्रबार मृ’त्यु भएको छ ।

जिल्लाको घिरिङ गाउँपालिका वडा नं. ३ ग्याजा निवासी ६८ बर्षीय पदम बहादुर श्रेष्ठको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

सोही वडाको ग्याजा पैरेनी भीरबाट तल खस्दा निजको घट्नास्थमै मृ’त्यु भएको तनहुँ प्रहरी उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले बताए ।