भिमाद सञ्चार

तनहुँ  २०८० भाद्र १६
अमृत परियार

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शंखर भण्डारीले आफ्नै कार्यकालमा श्रिङ्गपथ र कृष्ण मोटरमार्ग निर्माण सम्पन्न गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस भिमाद नगर कार्य समितिको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुद्दाको कारणले गर्दा यस आर्थिक वर्षमा श्रिङ्गपथका लागि बजेट विनियोजन गर्न नपाएको उनले बताएका छन् ।

मुद्दा किनारा लगाउनको निरन्तर प्रयास भै रहेको र छिटै नै किनारा लागि सके पश्चात गौरवको आयोजनाको रुपमा श्रिङ्गपथ र कृष्ण मोटरमार्गलाई विशेष प्राथमिकतामा राखी ५० वर्ष सम्म नबिग्रने गरी निर्माण गरिने उनले बताएका छन् ।


भण्डारीले १ वर्ष भित्रै कांग्रेसले अन्य दलहरुले यस क्षेत्रमा ५ वर्ष भित्र गर्ने विकास गरिसकेको बताएका छन् ।
उनले पछिल्लो समय देशमा सनातन धर्मलाई समाप्त पार्ने योजनाहरू भैरहेको बताएका छन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले सबै धर्म मान्न पाउने स्वतन्त्रता भएपनि सनातन धर्ममाथि अपमान , र तिरस्कार भैरहेको बताएका छन् । यसलाई तत्काल रोक्नु पर्ने आवश्यकता भएको भन्दै आफूले पनि संसदमा जोडदार
आवाज उठाई रहेको बताएका छन्

उनले पार्टीभित्र अनुशासन , मर्यादा संस्कार , भाइचारा र विश्वास आवश्यक हुने बताएका छन् । देश बलियो हुनको लागि काँग्रेस बलियो हुनुपर्ने उनले बताएका छन् ।
यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले देशलाई समृद्धिको बाटोमा लैजाने कार्यक्रम , लक्ष्य , योजना , विचार र सामर्थ्य नेपाली काङ्ग्रेससंग यथेष्ट रहेको बताएका छन् । वर्तमान अवस्थामा नेपालका सबै राजनीतिक दलहरुले कांग्रेस पार्टीकै नीति , एजेण्डा , विचारको सिको गर्दै अगाडि बढी रहेको बताएका छन् ।


नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् नेपाली कांग्रेस अनुशासन समितिका सदस्य ध्रुव वाग्लेले नेपाली काङ्ग्रेस भित्र एकता र भाइचारा र अनुशासन अपरिहार्य रहेको बताएका छन् । उनले पार्टीभित्र एकअर्कालाई दोष दिनु भन्दा पनि आपसी समझदारी कायम गरी अगाडि आउनुको कुनै विकल्प नभएको बताएका छन् ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापती एबम् गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री
महिलाहरुमा देखिने पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप निशुल्क गराउने निर्णय गरेको बताएका छन् ।

यस्तै महिलाहरुको सहजताको लागि हस्पिटल तथा स्वास्थ्य चौकीमा निशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गर्ने निर्णय गरेको बताएका छन्। साथै उसले बृद्ध तथा बच्चाहरूको लागि निःशुल्क ल्याब टेस्टको व्यवस्था मिलाउले बताएका छन् । उनले आफ्नो कार्यकालमा सम्पूर्ण जनताहरूलाई समान दृष्टिले हेर्ने बताएका छन्।


कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस तनहुँका उपसभापति एबम् ऋषिङ्ग गाँउपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सहसचिव मिलन आले , तनहुँ क्षेत्र न २ का सभापति चुडामणि खनाल , प्रदेश क्षेत्र २(२) का सभापति इन्द्र बहादुर आले लगायतले देशमा अन्य राजनीतिक दलहरुले गर्न नसकेको काम नेपाली कांग्रेसले गर्दै आएको बताएका थिए । देशमा अहिले बर्तमान समयमा चरम महङ्गी बढ्दै गएको र महङ्गी न्यूनीकरण गर्न सिमा सुरक्षा र सुशासन कायम गर्न कांग्रेस सदैव तत्पर रहने बताएका थिए ।


यस्तै सो कार्यक्रम दर्जन भन्दा बढि युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठले बताएका छन् । कार्यक्रमलाई समापन गर्दै उनले २०८४ मा हुने स्थानिय चुनावमा बहुमत सहित विजय हासिल गर्न सबै कार्यकर्ताहरु एक ढिक्का भएर बढ्नु पर्ने बताएका थिए ।