भिमाद सञ्चार

तनहुँ २०८० भाद्र २१

भिमाद । तनहुँको खैरेनीटार-भिमाद मोटरमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–५, थाङदीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घट्ना हुदाँ एक महिलाको ज्यान गएको छ ।

विहीबार दिउँसो साढे ३ बजे खैरेनीटारबाट भिमादतर्फ जाँदै गरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकको पछाडि सवार भिमाद नगरपालिका–४, सारडाडा बस्ने बर्ष ३३ की कमला रानाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडका अनुसार दुर्घट्ना पश्चात् गम्भिर घाईते भएकी रानालाई तत्काल उद्दार गरी उपचारको लागि जी.पी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र पुराइएकोमा सवा ४ बजे उनको मृत्यु भएको थियो ।

दुर्घट्नामा परी मोटरसाइकल चालक सोही ठाँउ बस्ने बर्ष २७ का योगेश थापा र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छन् । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भई प्रहरीले जनाएको छ ।