तनहुँ सेवा समाज यूएईको पाँचौं वार्षिकोत्सवको अवसरमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

नेपालीहरूको महान् पर्व हरितालिका तीज तथा संस्थाको पाँचौं वार्षिकोत्सव पारेर संस्थाले नेपालदेखि राष्ट्रिय कलाकारहरू लोकदोहोरी गायिका सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, वसन्त विश्वकर्मा र सुगम सङ्गीतका चर्चित गायक राज सिग्देललाई आमन्त्रित गरी तीज विशेष कार्यक्रम मनाएको हो ।

समाजका अध्यक्ष सुदीप कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका प्रमुख संरक्षक दिपक खड्का प्रमुख अथिति रहेका थिए । वरिष्ठ अतिथिमा नेपाल एशोसिएसन-एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाही रहेका थिए । त्यस्तै, विशेष अतिथिहरूमा नेपाली समाज यूएईका उपाध्यक्ष रमेश खनाल, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व उपसंयोजक राजु केसी, नेपाली जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाली जनसम्पर्क समिति यूएईका सभापति भवानीप्रसाद तिमिल्सिना, प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष एवम् समाजका सल्लाहकार टङ्क गुरुङ, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसी सदस्य खेमराज बस्नेत, नेपाल आदिवासी जनजाति महासङ्घ यूएईका अध्यक्ष विक्रम लिम्बू, आईएनएएस शाखा यूएईका अध्यक्ष एमडी बोहरा, बिजनेस काउन्सिल यूएईका कोषाध्यक्ष एवम् नमस्ते ट्राभल्सका सञ्चालक एकेन्द्र थापालागायत रहेका थिए ।

कार्यक्रमको शुभारम्भ पानसमा बत्ती बालेर गरिएको थियो भने यूएई र नेपालको राष्ट्रिय गान बजाएर औपचारिक कार्यक्रम संस्थाका महासचिव सुरिन भुजेलले सञ्चालन गरेका थिए । सो क्रममा समाजको पाँचौं वार्षिकोत्सवको अवसरमा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष कल्पना रिमालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संयोजक राजु तिमल्सिनाले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी, बिजनेस काउन्सिलका कोषाध्यक्ष एवम् नमस्ते ट्राभल्सका सञ्चालक थापा, नेपाल आदिवासी जनजाति महासङ्घ यूएईका अध्यक्ष लिम्बू, प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष एवम् समाजका सल्लाहकार गुरुङ, नेपाली जनसम्पर्क समिति यूएईका सभापति तिमिल्सिना, नेपाली जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष विश्वकर्मा, नेपाली समाज यूएईका उपाध्यक्ष खनाल, एनआरएनए एनसीसी यूएईका अध्यक्ष शाहीलगायतले पनि आ-आफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै, सो अवसरमा सांस्कृतिक कार्यक्रम लोक गायक तथा उद्घोषक कमलजंग कार्कीले सञ्चालन गरेका थिए भने गजलकार तथा आधुनिक गायक राज सिग्देलले आफ्नो प्रस्तुति राखेका थिए । गायक तथा गायिकाको प्रस्तुतिमा करिब ५ सय जना नेपाली दर्शक झुमेका थिए । स्थानीय कलाकारहरू
शिशिर थापा (गायन), सरिता न्यौपाने (गायन), यल.पी. ढकाल (गायन), ममता गुरुङ (नर्तक) लगायतले समेत प्रस्तुति दिएका थिए ।

सोही अवसरमा कार्यक्रम संयोजक तिमल्सिनाको समायोजनमा हरितालिका तीजको दरका रूपमा सेलरोटी, अचार र खिरसमेत उपस्थित सबैलाई खुवाइएको थियो । कार्यक्रमको अन्त्यमा अतिथि तथा कार्यक्रमलाई प्रायोजन गर्ने सबैलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको मुख्य प्रायोजक राजु तिमल्सिना र मुख्य प्रायोजक प्रदीप श्रेष्ठ (राजु) रहेका थिए । यसैगरी, प्रायोजन गर्नेहरूमा क्युट लुक्स ब्युटी सैलुन, कोशेली ट्राभल एण्ड टुरिजम एलएलसी, एमटी ८८४८ रेष्टुरेन्ट, सयपत्री स्टार एण्ड सयपत्री ट्राभल एण्ड टुरिजम, फिसटेल ट्राभल्स एण्ड टुरिजम एलएलसी, ग्रिनलाइन ट्राभल एण्ड टुरिजम एलएलसी, परदेशी हातेमालो को-ओपरेटिभ सोसाइटी यूएई, बेस्टर्न युनियन, भीएनजे ग्लोबल, नेपाली चुलो रेष्टुरेन्ट, हिमाल ट्राभल, टुरिजम एण्ड नेचुरल ब्युटी सैलुन एण्ड स्पा रहेका थिए ।

त्यस्तै, अन्य प्रायोजकहरूमा ग्लोबल आइएमई बैंक, आइएमई, नमस्ते ट्राभल एण्ड टुरिजम, एम ट्राभल्स एण्ड टुरिजम, बीबीएम इन्भेस्टमेन्ट एलएलसी, जीसीडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी, सपना ज्वेलरी, अनलक योर ब्युटी पोटेन्सियल केयर प्लस लेडिज सैलुन एलएलसी, माउण्ट एभरेष्ट ज्वेलरी एलएलसी, हिमालयन ग्लोबल ज्वेलरी एलएलसी, ट्रष्टेड कि टाइपिङ एण्ड डकुमेन्ट कपिइङ, घनटुट रेष्टुरेन्ट, न्यु माउण्टेन टुरिजम एलएलसी, ससुराली रेष्टुरेन्ट, मनकामना रेष्टुरेन्ट, इसेवा मनी ट्रान्सफर, सेली ट्रेडिङ एलएलसी यूएई, लुमिकट सैलुन, नेप्लिज फुटबल एशोसिएसनका अध्यक्ष मुक्ति गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाज युएईकी उपाध्यक्ष कवि सोनी भण्डारी, एनआरएनए एनसीसी यूएईका महिला संयोजक मन्जु मल्ल, समाजसेवी प्रदीप पौडेललगायत कार्यसमिति सदस्यहरू रहेका थिए ।

कार्यक्रमलाई विभिन्न प्रकारले सहयोग गरी भवयतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति कार्कीले कार्यक्रमको समापन गरेका थिए । समाजका महासचिव सुरिन भुजेलले उक्त कार्यक्रमबाट आएको मुनाफा तनहुँ जिल्लामा अवस्थित ज्येष्ठ नागरिक तथा वृद्धाश्रमलाई सहयोग गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया