भिमाद सञ्चार

२०८० असाेज ११ , अमृत परियार

भिमाद । लायन्स क्लव अफ भिमाद ग्रीनसिटीद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमबाट ४८ पिन्ट रगत संकलन भएको लायन्स क्लव अफ भिमाद ग्रीनसिटीकी अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिएकी हुन् । कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी , भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशी, भिमाद नगरपालिका वडा नं ३ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता पदमराज सेन , लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका डिष्ट्रिक्ट चिफ लायन मोति प्रसाद पौडेल , रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी लगायतले रक्तदान जस्तो महानदान अन्य कुनैपनि दान नहुने बताएका थिए । पुजापाठ, भक्ति आराधना गर्नु भन्दा रक्तदान जस्ता पुनीत कार्य गर्दा समाजको भलो हुने साथै अभावमा परेका व्यक्तिहरुलाई ठुलो राहत हुने कुरामा उनीहरूले जोड दिएका थिए ।

लायन्स क्लव अफ भिमाद ग्रीनसिटीले पछिल्लो समय रक्तदान , गरिव , दीर्घरोगी, विपन्न वर्गका व्यक्तिहरूलाई आर्थिक सहयोग, वृक्षरोपण जस्ता थुप्रै कार्यहरू गर्दै आइरहेको छ ।