भिमाद सञ्चार

तनहुँ २०८० असोज २०

फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी संघ तनहुँ को नयाँ  नेतृत्व  चयन, जिल्ला भेला एवं प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले ब्यावसायी  अमर बहादुर भण्डारीको  अध्यक्षतामा संघको  १७ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्षमा लक्ष्मी राज वाग्ले , महासचिवमा सन्तोष बि.क., कोषाध्यक्षमा सुनिता थापा, सह सचिवमा राम भक्त भट्टराई  सर्बसम्म चयन  हुनु भएको छ ।

 

यसैगरि सदस्यहरुमा सतन ठाकुर, सन्तोष पोख्रेल, तारा भण्डारी, अभियान भण्डारी, रमेश भण्डारी,  गणेश कुमार श्रेष्ठ, संगम श्रेष्ठ, आशिष श्रेष्ठ, ईन्द्र बहादुर मल्ल, मनोज बि क, जीवन शर्मा, परमेस्वर बैठ चयन भएको संघले जनाएको छ ।

 

निर्वाचन सम्पन्न गर्न फर्निचर ब्यवसायी ठान प्रकाश न्यौपाने  प्रमुख आयुक्त तथा गणेश कुमार श्रेष्ठ र सतन ठाकुर  आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको थियो । यस अघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघका द्वितीय  केन्द्रिय उपाध्यक्ष युवराज पौडेलले विद्यमान उदेश्य संग  सम्बन्धित ऐनले नेपालमा उद्योग ब्यावासय गर्न सक्ने अवस्था नरहेको हुदा त्यसमा आमुल परिर्वतन गरि उद्योग मैत्री ऐन बनाउनु पर्ने धारणा राख्नु भयोे ।

 

उहाले बर्तमान ऐन नेपाली लगानीकर्ताहरुले सजिलोसंग उद्योग गर्न सक्दैनन, त्यसलाई परिर्वतन जरुरी छ र त्यसका लागि सरकारले काम थाल्नु पर्ने सुझाव दिनु भयोे । उहाले भन्नु भयो–विद्यमान ऐन विचित्रको छ, उद्यगको विकासका लागि ऐन बाधक बनेको छ । त्यसमा सरकार र दलहरु गम्भिर बन्नु जरुरी छ ।

 

उपाध्यक्ष पौडेलले स्वदेशी पूजी पलायन भैरहेको अवस्थामा त्यसलाई रोक्ने तर्फ लाग्नुको साटो विदेशी लगानीको खोजी गर्नेतर्फ लाग्नु सहि नभएको बताउदै स्वदेशी उत्पादनको प्रयोगलाई कडाई गर्न सकिएमा नेपाली उत्पादन र उद्योग फस्ट्याउने विश्वास व्यक्त गर्नु भयो ।

 

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघका केन्द्रिय सदस्य ज्ञान बहादुर नेपालीले फर्निचर ब्यावसायी मारमा पर्नुमा राज्यको स्थिर निति नरहनु,  सरकारले करको दायरा भन्दा बाहिर रहेरहरुलाई करको दायरामा ल्याउन नसक्नु, साथै सहुलित ब्याजदरमा ऋणको सुबिधा उपलब्ध गराउन नसक्नुमा ब्यावसयीहरुको अवस्था खस्किदै   गएको  गुनासो  व्यक्त गर्नु भयो ।

कार्यक्रममा संघका सस्थापक अध्यक्ष अमर बहादुर भण्डारी, लक्ष्मी राज वाग्ले ,ग्रीनलिफ म्याट्रेेस गण्डकी प्रदेशका ब्यवस्थापक प्रकाश बोगटी, ग्रील ब्यावसायी ईन्द्र बहादुर मल्ल, सतन ठाकुर, सन्तोष पोख्रेल लगाएतले आफ्ना भनाइ राखेका थिए ।

 

अधिवेशनको बन्दसत्रमा महासचिव सन्तोष बि क द्वारा प्रस्तुत बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रुपमा पारित गरिएको थियो । अधिवेशनले तनहुँमा सञ्चाल हुँदै आएका ग्रिल उद्योग ब्यावसायीहरुलाई संगै एक साथ सहकार्य गरेर  सस्थालाई अगाडी लैजाने पनि  श्रोतले  जनाएको छ ।