भिमाद सञ्चार

तनहुँ २०८० असोज २५ अन्जान परियार, घिरिङ

घिरिङ गाउँपालिकामा अपराध न्यूनीकरण सम्बन्धी चेतनामुलक कार्यक्रम भएको छ। जिल्ला प्रसासन कार्यालय तनहुँको सवै स्थानीय तहमा चेतनामूलक कार्यक्रम गरिने अभियान अन्तर्गत बिहिबार घिरिङ गाउँपालिका सभाहलमा सम्पन्न भएको हो।
घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधा देबि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल लागायत जनप्रतिनिधि, स्थानिय राजनितिक दलका प्रतिनिधि, समाजसेवी बुद्धिजीवी पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा बेलचौतरा प्रमुख प्रहरी निरिक्षक गणेश सुबेदि सहजकर्ताको रुपमा रहेका थिए।

प्रहरी निरिक्षक सुबेदिले अपराध हुनै नदिन स्थानीय तहको भुमिका, बिधालयको भुमिका, सामाजिक अगुवाहरुको सकारात्मक भुमिका महत्वपूर्ण रहेको बताए। साथै साना उमेरका बाबू नानिलाई अपराध गर्दा अपराधको परिणाम बारे सुनाउने जस्ता कुरा बाट अपराध न्यूनीकरण गर्न सकिने बताएका थिए।

कार्यक्रममा जनप्रतिनिधी र सहभागीहरु बाट धेरै सुझाबहरु आएका थिए, घिरिङमा महिला प्रहरुको आवस्यकता, घटनास्थलमा प्रहरिको ढिलो उपस्थिति हुने भएकोले सवारीसाधनको ब्यवस्था, वडा नं ५ देउरालीमा प्रहरी बिट स्थापनाको आवस्यकता रहेको सुझाब थियो।

घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले कार्यक्रम लाई समापन गर्दै घिरिङ गाउँपालिका प्रहरी संग समन्वय गरेर पालिका भित्रका अप्रिय घटना तथा अपराध हुन बाट सचेत रहने प्रतिबद्धता दिएका छन। साथै नजिकिदै गरेको दशैँ तिहार जस्ता चार्डपर्वको बेला बजार अनुगमन अभियान चलाइएको बताए।