भिमाद सञ्चार

तनहुँ २०८० कार्तिक १८

गएराति गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार उनका अनुसार सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको हो । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै अधिकारीले बताए ।
नलगाड नगरपालिकामा मात्रै भूकम्पमा परी ३६ जनाको ज्यान गएको उनले बताए । जाजरकोटमा भने हालसम्म मृतकको संख्या १८१ पुगिसकेको छ ।