भिमाद सञ्चार

तनहुँ २०८० कार्तिक २०

भिमादमा भएको ट्याक्टर दुर्घटनामा मिनबहादुर सार्कीको मृत्यु भएको छ । २० गते बिहान करिब ७ः४० बजेको समयमा भिमाद नगरपालिका वडा नं. ६ जनज्योती स्कुल तर्फबाट बसपार्क तर्फ जान आउदै गरेको ग १ त ४४४६ नं. को ट्याक्टर दुर्घटना हुँदा भिमाद नगरपालिका वडा नं. ६ जलौदीका ३३ बर्षिय मिन बहादुर सार्कीको मृत्यु भएको हो ।

ट्याक्टरबाट एक्कासी खसेर गई गम्भिर घाइते भएका सार्कीलाई तत्काल उपचारको लागी जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र बेलचौतारा लगेकोमा उपचारत रहदा तनहुँ पठाएकोमा निजको ऐ ८ः २५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

घटना पश्चात ट्याक्टर चालकलाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।