भिमाद सञ्चार

तनहुँ २०८० कार्तिक २२

तनहुँ । अबैध लागू औषध सहित तिन भारतीय नागरिक आँबुखैरेनीबाट पक्राउ परेका छन् ।

आज बिहान करिब ६ बजेको समयमा जिल्ला तनहूँकोआँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहूँबाट खटिएको प्रहरी टोलीले भारत मोतिहारी जिल्ला पुर्वी चम्पारण घर बताउने १८ बर्षिय क्यामुदिन अन्सारी, राष्ट्र भारत मोतिहारी जिल्ला कटहनौनापुर ग्राम पन्चायत घर बताउने ६० बर्षिय मुस्ताफा खातुन र उक्त स्थानकै १८ बर्षिय निराले आलमलाई पक्राउ गरेको हो ।

सवारी साधन चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ९६८४ नं. को यात्रुवाहक बस रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा अबैध रुपमा लुकाई ल्याएको Diazepam लेखेको सिसि ७३ एम्पुल, Phenergan लेखेको सिसि ७३ थान एम्पुल र norphine लेखेको सिसि ७३ एम्पुल गरी जम्मा २१९ एम्पुल लागु औषध फेला पारी पारिएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

उक्त लागु औषध सहित तिनै जनालाई नियन्त्रणमा लिई निजहरु बिरुद्द लागु औषध मुद्दामा आजै सम्मानित तनहूँ जिल्ला अदालतबाट दिन १० ९दश० को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।