भिमाद सञ्चार

तनहुँ २०८० कार्तिक २४

तनहुँ । भिमाद नगरपालिका भित्र देउसी भैलो खेल्ने कार्यक्रममा दान दिन इच्छा हुने ब्यक्तीका लागि निश्चित अंकको दान दक्षिणा स्वरुपको रकम तोकेको  छ ।

भिमाद नगर उद्योग वाणिज्य संघले उद्योगी, ब्यापारी एवं पेशा संग सम्बन्धित सबैलाई आउदै गरेको शुभ दिपावली, नेपाल सम्बत र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ ।

शुभ दिपावालीको पावन अवसरमा हिन्दु परम्परा अनुसार विभिन्न ब्यक्ती, संघ सस्था र आमा समुहहरुबाट देउसी भैलो खेल्ने कार्यक्रम हुने हुँदा दान दिन इच्छा हुनेका लागि सस्थागत रुपमा देउसी भैलोलाई रु.५१/- ( अक्षररुपी एकाउन्न रुपैया) बाट बढीमा रु. १५१/- ( अक्षररुपी एक सय एकाउन्न रुपैया) सम्म दान दक्षिणा प्रदान गर्न साथै ब्यक्तीगत आउनेका लागि रु. ५०/- (अक्षररुपी पचास रुपैया) सम्म दान दक्षिणा गर्ने  सम्बन्धि निर्णय गरेको, भिमाद नगर उद्योग वाणिज्य संघका महासचिव उमाकान्त श्रेष्ठले जानकारी दिनु भयो ।

भिमाद नगर उद्योग वाणिज्य संघले भिमाद बजार आसपासमा सम्पुर्ण उद्योगी, व्यापारी एवम् भिमाद बासीमा पटका साथै बिस्पोटक जन्य सामाग्री बिक्रीवितरण साथै पड्काउनमा रोक लगाएको समेत जानकारी गरएको छ ।