भिमाद सञ्चार

तनहुँ २०८० कार्तिक २६

जिल्ला प्रहरी कार्यालय तनहुँले देउसीभैलो कार्यक्रम रातको नौ बजेसम्म मात्रै संचालन गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले शनिबार प्रेस बिज्ञप्ती जारी गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।
नेपालीहरुको महान चाडपर्व दिपावलीको पावन अवसरमा खेलिने देउँसीभैँलो कार्यक्रम शान्ति सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै समय निर्धारण गरेको हो ।
चाडपर्वको समयमा बिष्फोटक पदार्थ,आतिसवाजी,पटका तथा पटका जन्य पदार्थ समेत ओसार पसार,बिक्रि बितरण,भण्डारण तथा पट्काउने कार्य समेत नगर्न नगराउन समेत प्रहरीले अनुरोध गरेको छ ।
उक्त कार्य भएको जानकारी पाएमा तत्कालै प्रहरीको हटलाइन १०० मा खबर गरी सहयोग गरिदिन आग्रह गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
उक्त कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यवस्था रहेको उनले बताए ।
‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने मूल नाराका साथ आम जिल्लाबासीहरुमा सूचना जारी गरी सचेतका लागि जानकारी गराइएको प्रहरीले जनाएको छ ।