भिमाद सञ्चार

तनहुँ २०८० कार्तिक २८

जिल्लाको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद बरालको हृदयघातका कारण आज बिहान निधन भएको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी प्रअ बरालको ५७ बर्षको उमेर निधन भएको हो ।
विसं विसं २०६० मंसिर १० गतेदेखि उक्त विद्यालयमा प्रअ भएर काम गर्दै आउनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले जानकारी दिए ।
घट्नाको बिषयमा जानकारी पाएलगत्तै शिक्षक सहितको टोली उहाँको घरतर्फ जाँदै गरेको उनले बतए ।
उहाँका श्रीमति शारदा बराल,छोरा सन्दिप र दुई छोरी सुशीला र शर्मिला छन् । प्रअ बरालको निधनले शिक्षा क्षेत्रमा अतुलनीय क्षति पुगेको उनले बताए ।
एउटा कुशल प्रधानाध्यापक गुमाउनु परेको छ,उनले भने,यस दुखद घडिमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणा गर्ने शक्ति मिलोस् ।
प्रअ बराल केही समयदेखि तनावमा रहदै आउनुभएको विद्यालय प्रशासनले जनाएको छ ।