शनिबार दिउँसो ४ बजे तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना भएको हो ।

दमौलीबाट पोखरा जादै गरेको ग १७ प ६५९७ नम्बरको ट्रकले सोहि दिशाबाट जादै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका–९ थामडाँडाकी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

मोटरसाइकल चालक उनका श्रीमान ३४ वर्षीय रामचन्द्र विक, पछाडी सवार सुकमाया र छोरा ३ वर्षका सुमन विक, ६ वर्षका गुरास विक घाइते भएका थिए । घाइते ४ जनाकै उद्धार गरेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो ।

उपचारको क्रममा साढे ४ बजे सुकमायालाई अस्पतालले उपचारको क्रममा मृत घोषणा गरेको डिएसपी खाँणले बताए । अन्य ३ जनाको जिपीमै उपचार चलिरहेको छ ।

ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।