भिमाद सञ्चार
तनहुँ २०८० मंसिर १७ , भिमाद
भिमाद एफ.एम १००.९ मेगाहर्जले देउसी भैलोबाट संकलित रकम सहयोग गरेको छ ।

कार्तिक २६ देखि ३० गतेसम्म मौनता ब्यान्ड र स्थानिय कलाकारहरुको सहभागितामा आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित १५ हजार रुपैयाँ सहयोग गरिएको भिमाद एफएम १००.९ मेगाहर्जका अध्यक्ष मिलन आलेले बताए । कला ,संस्कृति र चाडपर्वको मौलिकतालाई जोगाउने मुख्य उद्देश्य सहित आयोजित देउसी भैलो कार्यक्रम बाट संकलित रकम भिमाद नगरपालिका वडा नं २ अकला प्रगतिशिल टोल निवासी क्यान्सर पिडित लोक मायाँ थापालाई ५ हजार , सवारी दुघर्टनामा घाइते भई प्यारालाइसिस भएका भिमाद नगरपालिका वडा नं २ हैदगा निवासी बेल बहादुर सार्कीलाई ५ हजार , बौदीकाली गाउँपालिका वडा नं २ स्थायी घर भई हाल भिमाद नगरपालिका वडा नं ६ मालेबगर निवासी राजु कुमार सुनारलाई ५ हजार सहयोग गरिएको छ ।

सुनार २१ महिना पहिले सवारी दुघर्टना भै मेरुदण्ड पक्षघात भई उपचारको क्रममा रहेका छन् । भिमाद एफएमले गरेको सहयोगले उपचारमा केही राहत हुने बिरामीहरुका आफन्तले बताएका छन् । सामाजिक उत्तदायित्व अन्तर्गत आगामी दिनहरुमा समेत यस्तै सामाजिक कार्यहरु गर्ने भिमाद एफएमका अध्यक्ष मिलने आले , उपाध्यक्ष ध्रुव राज सुवेदी , सहसचिव शालिकराम सुनार, कोषाध्यक्ष सुजन राना , सुकु मायाँ राना , आशा थापा , कार्यक्रम संचालक एबम् मौनता ब्यान्डका सदस्य सुमन रतन , कार्यक्रम सञ्चालिका पविना श्रेष्ठ , अञ्जना थापाले बताएका थिए ।

जाजरकोटका भूकम्प पिडितको लागि समेत सहयोग गर्ने तयारीमा रहेको एफएमले जनाएको छ ।