भिमाद सञ्चार

तनहुँ २०८० मंसिर १८

तनहुँ  फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ शुक्लगण्डकी ईकाइको संयोजकमा सुवास गिरी चयन हुनुभएको छ ।

शोमबार भएको प्रथम नगर भेलाबाट फर्निचर व्यवसायी सुवास गिरि निर्विरोध चयन हुनु भएको हो । देशको आर्थिक अवस्था बिग्रेसगै फर्निचर व्यवसाय पनि धरापमा जान लागेको र सबै एक जुट भएर अगाडि बढ्नु पर्ने बताउनुभएको छ ।

फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी संघ शुक्लगण्डकी ईकाइको कार्यक्रममा ठान प्रकाश न्यौपाने को अध्यक्षता एवम् जिल्ला तनहुँका  सस्थापक जिल्ला अध्यक्ष अमर बहादुर भणडारीको  प्रमुख आतिथ्यतामा भएको नगर भेलाले सुवास गिरिको संयोजकत्वमा  ११  सदस्यिय कार्यसमिति  सर्वसम्मत चयन गरेको छ । जसमा उप संयोजक ध्रुवराज गैह्रे, सचिबमा रमेश भण्डारी, कोषाध्यक्षमा लोक बहादुर सुनार, सह सचिब थप गर्ने गरि सदस्यहरुमा भक्त बहादुर बि.क, हरि बि.क, सुर्य थापा, दिपिन थापा, र अशोक महत कार्यसमिति साथै ठान प्रकाश न्यौपाने, ऋषि महत, सरन सापकोटा र उपेन्द्र तिम्सिना सल्लाहकारमा  चयन हुनुभएको छ ।

तनहुँ  फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ तनहुँका अध्यक्ष अमर बहादुर भण्डारी, उपाध्यक्षमा लक्ष्मी राज वाग्ले, महासचिव सन्तोष बिकले सस्थाका बारेमा बोलेका थिए, त्यस्तै तीन खोले मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष श्री राम अधिकारीले शुभकामना एवम्   हरि बिकले ब्यवसायको   समस्याको बारेमा बोल्नुभएको थियो ।

 

 

 

 

 

 

शुक्ल गण्डकी नगरपालिका ६ मा सप्पन्न भएको  ईकाइको प्रथम नगर भेलाबाट चयन हुनुभएका नयाँ कार्यसमितिलाई ब्यवसायको समस्य र उदेश्यमा रहेर काम गर्न सुझाव दिदै ठान प्रकाश न्यौपानेले कार्यक्रम समापन गर्नु भएको थियोे ।