भिमाद सञ्चार

तनहुँ २०८० मंसिर २२

भिमाद  । निर्माणाधीन अवस्थामा रहेको बिश्व शान्ति बौद्ध विहार तथा बौद्ध स्तुपा निर्माण कार्य सम्पन्न गर्न प्रबासमा १ लाख ६ हजार ६ सय २७ रुपैयाँ संकलन भएको छ । भिमाद नगरपालिका वडा नम्बर ६ स्थित थुम्की डाडामा बन्न लागेको योजनामा सहयोगदाताहरुबाट उक्त रकम जुटेको हो ।

धार्मिक तथा पर्यटन बिकासका लागि निर्माण गर्न लागिएको विहार तथा स्तुपाको सम्पूर्ण काम पुरा गर्न रकमको अभाव देखिएपछि प्रवासमा रहेका  नेपालीहरु कस्सिएका हुन् ।

रोजगारीको सिलसिलामा  Cyaman Island मा रहेको Famely Group of Cyaman Island का  सक्रिय सदस्य ( गुरु प्रसद थापा भिमाद तनहुँ  $100, कृति थापा भोक्त्यानी तनहुँ $50, कृस थापा दमौली तनहुँ $25, अमृता गुरुङ पोखरा कास्की $50, सुरज गुरुङ पोखरा कास्की $25, गुन्जमान गुरुङ पोखरा कास्की $20, संगीता गुरुङ पोखरा कास्की $30, धिरज थापा पोखरा कास्की $50, बल बहादुर थापा पोखरा कास्की $51, राम गुरुङ भाँच्यक गोरखा $50, सुमन थापा कावासोती नवलपरासी $50 गणेश पुन सालिजा पर्वत $50, ईश्वर थापा बिरेन्द्रनगर पुर्बी चितवन $30 र मन बहादुर थापा भरतपुर चितवन बाट $130 गरि जम्मा  $711.00) नेपाली रकम रु. १,०६,६२७/-  नेपाल भिमाद नगरपालिका ६ मालेबगर  घर भएका गुरु प्रसाद थापाको संयोजकत्वोमा  उक्त  रकम जुटेको हो ।’ बौद्ध बिहार निर्माणको लागि रकम संकलन गरेर पुन्यादान गर्न पाएकोमा हर्सित भएको सहयोग दाताहरुले बताएको सहयोग दाताको परिवारले बताए  ।

प्रवासबाट आएको सहयोग रकम  गुरु प्रसाद थापाका हजुरबुवा क्याप्टेन खड्का बहादुर थापाले बिश्व शान्ति बौद्ध विहार भिमादका अध्यक्ष डा. देब बहादुर थापालाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा बिभिन्न देशबाट  सहयोग रकम संकलन आउनेक्रम जारी रहेको र  सहयोग रकम पठाउनु हुने  cyaman Island मा रहेको Famely Group of Cyaman Island का सम्पूर्ण सदस्यहरुलाई सम्झदै शुभकामना सहित  धन्यवाद व्यक्त गरेका थिए ।