भिमाद सञ्चार

तनहुँ भिमाद २०८० मंसिर २४

भिमाद । स्व. टंकनाथ पराजुलीको नवौं वार्षिक स्मृति दिवसका अवसरमा आइतबार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

भिमाद नगरपालिका वडा नं ७ मा रहेको सिद्धज्योति आ.वि.मा अध्ययनरत सबै विद्यार्थीहरुलाई टंकनाथ पराजुली शैक्षिक प्रतिष्ठानले न्यानो पोशाक (ट्रयाकसुट ,जुत्ता, मोजा) साथमा पराजुली पेपर एण्ड एलाइड इण्डस्ट्रीज काठमान्डौका  प्रोप्राइटर रामेश्वर पराजुलीले शैक्षिक सामाग्री (कपी) वितरण गरेको हो ।

बालबालिकाहरुको शिक्षा स्वस्थ्यमा सहयोग गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रम भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको प्रमुख अतिथि रहनुभएको थियो ।  विशेष अतिथि स्थानीय शिक्षा प्रमुख पद्मराज आचार्यले यसरी प्रतिस्ठान द्वारा  प्रदान गरिने सहयाेगले चिसो बढेसंगै विद्यार्थीहरुलाई बिद्यालय आउन र अध्ययन गर्न थप सहयोग हुने बताउनुभएको थियो ।  कार्यक्रममा कार्यपालिका सदस्य बिरू बस्याल,  विद्यालय  पूर्ब प्र. अ. एवम्  प्रतिष्ठानका आजिबन सदस्य दिना नाथ पराजुली लगाएतका उपस्तिथि रहेको थियो ।

टंकनाथ पराजुली शैक्षिक प्रतिष्ठानका अध्यक्ष प्रेमप्रकाश भट्टराईले पराजुली स्व.  टंकनाथ पराजुलीलाई स्मरण गर्दै उहाँको योगदानको बारेमा बोल्दै  पेपर एण्ड एलाइड इण्डस्ट्रीज काठमान्डौका  प्रोप्राइटर रामेश्वर पराजुली धन्यवाद ज्ञापन गर्नुका साथै प्रत्येक बर्ष यसरी फरकफरक बिद्यालयमा बालबालिकालाई सहयोग गर्न पाएकोमा  खुशी ब्यक्त गर्नु भएको थियो ।  कार्यक्रम स्व. टंकनाथ पराजुलीका भाई तथा प्रतिस्ठानका सचिब खिमाकान्त पराजुलीले कार्यक्रम संचालन गर्नुभएकाे थिथाे ।