भिमाद सञ्चार

तनहुँ २०८० पौष ४

तनहुँ।इलाका प्रहरी कार्यालय आँबुखैरनीले एक सय पन्चानब्बे एम्पुल अबैध लागू औषध सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।  प्रहरीले डाइजेपाम, फेनेरागन र नूफिन गरी ६५ एम्पुलका दरले उक्त परिमाणमा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ बर्षीय कृष्ण बहादुर लोप्चनलाई लागूूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।  जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
सिन्धुलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६३४१ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार लोप्चनले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले लागूऔषध बरामद गरेको हो ।
पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।