भिमाद सञ्चार
तनहुँ २०८० पौष ०५

भिमाद । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक कुराको जवफ नपाए सम्म कालले छोड्ला तर आफुले नछाड्ने उदघोष गर्नुभएको छ ।

भिमादमा आयोजित खुल्ला सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताउनु भएको हो ।

जसलाई मत हाले पनि जनताले सेवा पाउनु पर्छ, पुराना दलका शिर्ष नेताले कार्यकर्तालाई कारबाही गर्ने डरले आज देश ३४ बर्ष पछाडि गयो । त्यही डर मनमा राख्द तपाईका छोरा छोरीले देश छोडेर गए, भ्रष्टाचारीहरुको फाईल र निर्मला पन्तहरु जस्ताका फाइल आजिबन खोजिरहने, त्यस्कै लागि राजनीतिमा आएको हुँ, अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउँन राजनीतिमा आएको हो, लामिछानेको भनाई थियो ।

 

यो देश बदलिनेछ भिमाद बासिका लागि ८४ लाई बाटो बिराएका, देशलाई चुसेर खाएकाहरुलाई सहि बाटोमा ल्याउने बुटि जोगाई छोडन आएको हुँ, जसलाई सुरक्षित राख्न आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य एबम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य शिव नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सभापति राजन गौतम , राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका सदस्य एबम् तनहुँ जिल्लाका संयोजक विकास सिग्देल , क्षेत्र नं २ का क्षेत्रिय सभापति डा. शेशरमण न्यौपाने लगायतले सम्बोधन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भिमादका नगर संयोजक हरि लम्सालले बताएका थिए ।