हिरामणि पण्डितको अध्यक्षातामा नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघ गण्डकी प्रदेश को नयाँ  नेतृत्वमा ११ सदस्य चयन

तनहुँ २०८० पौष  ७ शनिबार
भिमाद । नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघ गण्डकी प्रदेश को नयाँ  नेतृत्व, प्रदेश समन्वय समितीको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले ब्यावसायी  हिरामणि पण्डित अध्यक्षतामा संघको  ११ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्षमा फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी संघ तनहुँका अध्यक्ष अमर बहादुर भण्डारी , सचिव खगेन्द्र के सी( कास्की ) , कोषाध्यक्ष देबलान गिरी(पर्वत), सदस्य गुप्त प्रसाद गैह्रे, प्रभुराम प्रधान, गरि बाकी सदस्य थप जिल्लाबाट प्रतिनिधित्व हुने गरि  सदस्य थप गरि पुर्णतः दिने संघले जनाएको छ ।
निर्वाचन सम्पन्न गर्न नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघका केन्द्रिय सदस्य ज्ञान बहादुर नेपाली, प्रेमराज बसौला र श्याम कुमार मल्ल  आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघका केन्द्रिय अध्यक्ष सुजिल श्रेष्ठले देशको बर्तमन अवस्थ र आर्थिक मन्दीको अवस्थमा पनि मनपरि र छाडा तन्त्रको अन्त्यको लागि ब्यवसायीहरु एक जुट हुन आवश्यक रहने र  राज्यबाट  विद्यमान उदेश्य संग  सम्बन्धित ऐनले नेपालमा उद्योग ब्यावासय गर्न सक्ने अवस्था नरहेको हुदा त्यसमा आमुल परिर्वतन गरि उद्योग मैत्री ऐन बनाउनु पर्ने धारणा राख्नु भयोे ।
उहाले बर्तमान ऐन नेपाली लगानीकर्ताहरुले सजिलोसंग उद्योग गर्न सक्दैनन, त्यसलाई परिर्वतन जरुरी छ र त्यसका लागि सरकारले काम थाल्नु पर्ने सुझाव दिनु भयोे । उहाले भन्नु भयो–विद्यमान ऐन विचित्रको छ, उद्याेगको विकासका लागि ऐन बाधक बनेको छ । त्यसमा सरकार र दलहरु गम्भिर बन्नु जरुरी छ ।स्वदेशी पूजी पलायन भैरहेको अवस्थामा त्यसलाई रोक्ने तर्फ लाग्नुको साटो विदेशी लगानीको खोजी गर्नेतर्फ लाग्नु सहि नभएको बताउदै स्वदेशी उत्पादनको प्रयोगलाई कडाई गर्न सकिएमा नेपाली उत्पादन र उद्योग फस्ट्याउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघका केन्द्रिय सदस्य ज्ञान बहादुर नेपालीले फर्निचर ब्यावसायी मारमा पर्नुमा राज्यको स्थिर निति नरहनु,  सरकारले करको दायरामा ल्याउन नसक्नु, साथै सहुलित ब्याजदरमा ऋणको सुबिधा उपलब्ध गराउन नसक्नुमा ब्यावसयीहरुको अवस्था खस्किदै   गएको  गुनासो  व्यक्त गर्नु भयो ।
कार्यक्रममा श्याम कुमार मल्ल, प्रेम राज बसौला, चन्द्र लक्ष्मी मानन्धर, पिताम्बर अधिकारी लगाएत ११ जिल्लामा अध्यक्ष  एवम प्रतिनिधिको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यावसायी महासंघका द्वितीयत उपाध्यक्ष एवम् उक्त कार्यक्रमका सभापति  युवराज पौडेल  स्वयम् आफैले गर्नु भएको थियो ।
नव  गठित कार्य समितिको पहिलो बैठक पनि उक्त कार्यक्रम पश्चात लगत्तै  बस्दै र मनाङ , मुस्ताङ र गोरखा जिल्लालाई पनि सक्रिय बनाएर लैजानु पर्ने साथै कानुनको दायरा भन्दा बाहिरा रहेर गर्दै आएका ब्यवसायलाई कानुनको दायरामा ल्याउनु र भारतिय मुलका गैह्रकानुनी रुपमा काम गर्दै आएका भारतीय मुलका नागरिकहरुलाई आआफ्नो जिल्ला बाट पालिका संग सहकार्य गरेर सस्थागत रुपमा अगाडी लैजान र कानुनलाई सघाउन पनि  श्रोतले  जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया