भिमाद सञ्चार
तनहुँ २०८० पौष १२

काठमाडौ ।नेपाल फर्निचर तथा फर्निशिङ्ग ब्यवसायी महासंघको नवौ वार्षिक साधरण सभा तथा पाचौं महाधिवेशन पौष १४ गते उद्घाटन हुने भएको छ ।

नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्घाटन गर्ने कार्यक्रम तय भएको महासंघका महासचिव ओम बस्नेतले जानकारी गराए ।

पौष १४ गते नवौ वार्षिक साधरण सभा तथा पाचौं महाधिवेशनको अर्थमन्त्री डा.महतले बिहान ९ बजे कार्यक्रमको समुदघाटन गर्ने भएका छन् ।

उक्त कार्यक्रममा महासंघमा आवद्ध २६ जिल्ला सहित ४० भन्दा बढी जिल्ला      पर्यवेक्षक, प्रतिनिधि एवम् सदस्यको सहभागी रहने श्रोतले जनाएको छ ।