भिमाद सञ्चार

तनहुँ २०८० पौष २१
अन्जान परियार, घिरिङ।
घिरिङ ।तनहुँको घिरिङ गाउँपालिका ३ सुन्धारामा रहेको चन्द्र ज्योती माध्यमिक बिधालयको ६५ औँ वार्षिकोत्सब तथा अभिभावक दिबस समारोह सम्पन्न भएको छ। शुक्रबार बिधालयको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथी घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।
अध्यक्ष थापाले कार्यक्रम लाई सम्बोधन गर्दै बिद्यार्थी कम भएका बिधालयलाई पायक पर्ने बिधालय संग मर्च गर्ने योजना रहेकोले गाउँपालिकाले सबै बिधालयहरुको प्रत्यक्ष निरीक्षण गरिरहेको जनाए। शिक्षक क्षमता वृद्धिको लागि गाउँपालिकाले यहि आर्थिक बर्ष भित्र प्रशिक्षण कार्यक्रम गर्ने बताएका थिए। साथै गाउँपालिकाले शिक्षा, र स्वास्थ्यमा मुख्य प्राथमिकता राखी वडा नं ३ रानिपोखरिमा अस्पताल निर्माण गर्ने तयारी भैरहेको उद्घोषण गरे।

कृष्ण मोटरमार्गको स्तर बृद्दी गर्न संघिय सरकार संग विशेष पहल भैरहेको छ अध्यक्ष थापाले भने, मुद्दा टुङ्गो लागे पछि यसलाई पालिका स्तर बाट पनि बिशेष बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेका छन। यस्तै चन्द्र ज्योती बिधालयको निर्माणाधीन भौतिक संरचना सभाहल पालिकाले पूरा गर्ने, घिरिङको महत्वपूर्ण पर्यटक स्थलको रुपमा निर्माण गरिएको गोफा तालको निर्माणकार्य अगाडि बढाउन पालिका लागिरहेको बताएका थिए।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष सेर बहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा घिरिङ गाउँपालिका निबर्तमान अध्यक्ष रन बहादुर राना र एमाले नेता बिष्णु भक्त सिग्देलले घिरिङको कृष्ण मोटर मार्गको धुलाम्मे र हिलाम्मे अबस्थाको जिम्मेवार तनहुँ बाट निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि हुनु पर्नेमा सरकारको ध्यान पुग्न नसकेको बताए।

सो कार्यक्रमको अबसरमा एस इ इ र कक्षा १२ का सबै बिद्यार्थी लाई अ-आफ्नो बिषयमा उतिर्ण गराउन सफल तीन शिक्षक सम्मानित भएका छन। सम्मानित हुनेमा जनक सिग्देल, शिशिर शर्मा र आरती सुवेदी रहेका छन। यस्तै तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा ४०० मिटर छात्रा दौडमा प्रथम भएकी सोहि बिधालयमा अध्ययनरत अन्जु परियार लाई पनि बिधालयले सम्मान पत्र र शैक्षिक सामाग्री सहित सम्मान गरेको छ।
यसैगरी बिधालयले बिद्यार्थी बर्ष “चन्द्र ज्योति स्टुडेन्ट अफ द यिएर २०७९ ” को छात्रबृत्ती काक्षा ९ को यु मायाँ थापालाई प्रदान गरेको छ। बिधालयले अक्षयकोष बाट उत्कृष्ट बिद्यार्थी छात्रवृत्ति अमृता नेपाली, यु मायाँ थापा र रक्षिता थापा लाई गरेको छ भने उत्कृष्ट जेहेन्दार छात्रवृत्ति सोबिता राना, दिल मायाँ थापा, एलिजा थापा लाई प्रदान गरेको छ।
बिधालयको बार्षिकोत्सबको अबसरमा दमौली संगम क्लब तनहुँले चन्द्र ज्योती माबी शैक्षिक प्रोत्साहन अक्षय कोष सम्झौतापत्र बिधालय लाई हस्तान्तरण गरेको छ। क्लबको तर्फ बाट बिद्यार्थीलाई भलिबल र छात्रा हरुलाई स्यानिअटरी प्याड समेत हस्तान्तरण गरिएको थियो। बिधालयले शैक्षिक प्रोत्साहन छात्रवृत्ति १२ जनालाई प्रदान गरेको थियो। यस्तै बिधालय लाई आर्थिक सहयोग गर्ने १० जना सहयोगी दाताहरुलाई लाई पनि सम्मान गरेको थियो।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख उद्द्व राज कंट्टेल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गैह्रे, पेशागत महासंघ तनहुँका अध्यक्ष ध्रुब राज सिग्देल,दमौली संगम क्लबका अध्यक्ष नरेन्द्र राज वाग्ले, नेपाली कांग्रेस घिरिङका सभापति याम बहादुर थापा, माओबादी केन्द्र घिरिङका अध्यक्ष चुन नारायण श्रेष्ठ, बिधालय निबर्तमान शिक्षक अभिभावक संघ अध्यक्ष होम राज श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए।
बिधालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले प्रतिबेदन प्रस्तुत गरेका थिए, सो कार्यक्रममा वडा नं ३ का अध्यक्ष तहल सिंह थापाले स्वागत मन्तब्य राखेका थिए भने शिक्षिका महाकाली रानाभाटले कार्यक्रम संचालन गरेकी थिइन।

उक्त कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए साथमा घिरिङ सुनधारा पन्चेबाजा समुहले कार्यक्रमको रौनक थपेको थियो।