भिमाद सञ्चार
तनहुँ २०८० पौष २२
आबुँखैरेनी ।आबुँखैरेनी गाँउपालिकाले सामुदायिक विद्यालयमा पढ्नेका अभिभावकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । समुदायीक शिक्षा सुधार कार्यक्रम अन्तर्गत पालिकाले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम अन्तर्गत पहिलो चरणमा यसै वर्ष पालिकाको भौगोलिक बिकट तथा आर्थिक रूपले पिछड़िएको क्षेत्र वडा न ४, ५ र ६ गरी ३ वटा वडाहरुमा यो कार्यक्रम सञ्चालन गर्न लागीएको हो ।

गाऊँपालिकाको स्वीकृत नीति तथा कार्यक्रम बमोजिम सामूदायीक बिध्यालयमा अध्ययनरत बिद्यार्थी,अभिभावकहरुको स्वास्थ्य बीमा गर्ने कार्यक्रम सञ्चालन गर्न लागीएको गाँउपालिकाकाका अध्यक्ष शुक्त चुमानले बताए । कार्यक्रम संचालनका लागि गाँउपालिकाले आवश्यक नियम कानून निर्माण र बजेट व्यवस्थापन गरिसकेको र कार्यक्रम संचालन गर्नको लागी सम्बन्धित बिद्यालयको सिफारिस सहित वडाहरुबाट बिद्यार्थी र उनीहरुको अभिभावकको विवरण सहितको सिफारिस संकलन गर्ने, बीमा फर्म भर्ने, बीमा नवीकरण गर्ने कार्य अगाढी बढाएको अध्यक्ष चुमानले बताए ।

गाँउपालिकाले माघ महीना सम्ममा पालिकाको वडा नं। ४, ५ र ६ न वडाका सम्पूर्ण बिद्यार्थी र उनीहरूको अभिभावकको स्वास्थ्य बीमा गर्ने कार्य सम्पन्न हुनेछ । पालिकाले आगामी बर्षहरुमा प्राथमिकताको आधारमा अन्य वडाहरुमा पनी यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखेको पालिकाका प्रमुख प्रशासकीय अधिकउत विष्णु प्रसाद शार्माले बताए ।